×

NMB BANK
NIC ASIA

सार्वजनिक यातायात मापदण्ड पूरा गरी भोलिबाटै चल्न पाउने; यात्रु आधा, भाडा ५० प्रतिशत बढी !

असार २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारले मापदण्ड पूरा गरेर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यही असार २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले मापदण्ड पूरा गरेर भोलिबाटै लागू हुनेगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिने जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाभित्र मात्र सञ्चालन हुन पाउने भनिएपनि काठमाडौं उपत्यकाको हकमा भने उपत्यकाभित्र (काठमाडौं, ललितपुर र भक्तपुर)मा चल्न पाउने छन् ।


Advertisment
Nabil box
Kumari

यसरी सञ्चालन हुने सवारी साधनले सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने छन् ।

Vianet communication
Laxmi Bank

एक लहरको एक पंक्तिमा मात्र यात्रु राख्न पाउने र मास्क अनिवार्य गरिएको प्रवक्ता खतिवडाले बताए ।

सवारी चालक र सहचालकले पनि मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्नेछ । यसका साथै प्रत्येक दिन यातायातका साधन डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

आधा मात्र यात्रु चढाउन पाउने भएपछि यो व्यवस्था लागू हुँदासम्म ५० प्रतिशत बढी भाडा लिन सक्ने गरी व्यवस्था गरिएको छ ।

सार्वजनिक यातायातजस्तै जिल्लाभित्र ट्याक्सीहरू पनि सञ्चालन हुन पाउने छन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र राख्न पाइनेछ । ५ वर्ष मुनिका बालबालिकाको हकमा भने थप राख्न सकिनेछ ।

यसैगरी निजी सवारी साधनमा पनि ५ वर्षभन्दा मुनिका बालबालिका थप राख्न सक्ने गरी व्यवस्था गरिएको प्रवक्ता खतिवडाले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x