मध्यपहाडी लोकमार्गका  सिडिईविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा, श्रीमति र छाेरीका नाममा सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्गका सिडिई जितेन्द्र राय शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। 
 
लोकमार्ग सडक आयोजना दाङमा कार्यरत उनको दुई करोड २५ लाख ४ हजार १० रुपैयाँ सम्पत्ति गैरकानुनी रहेको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
शाक्यले सार्वजनिक सेवामा प्रवेश मिति २०३४ साउन २ देखि ०७६ असार ३१ सम्म एक करोड ५६ लाख ६ हजार चार सय ८० रुपैयाँ आर्जन गरेको देखियो।

तर, उनले उनले ३ करोड ८१ लाख १० हजार ४ सय ९० रुपैयाँ मात्र लगानी तथा खर्च गरेको देखिएको र सो अवधिमा उनको आर्थिक गतिविधि दुई करोड २५ लाख चार हजार १०रुपैयाँ स्रोत नखुलेको अख्तियारको दाबी छ।


Advertisement

 शाक्यले स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थामा नगद जम्मा, छोरीहरू ज्योत्सना शाक्य र उन्नती शाक्यको विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको पाइएको छ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्