नेपालमा सुनको मूल्य आकाशिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको हो।
नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको हो।
त्यसैगरी तेजाबी सुनको मूल्य ९१ हजार ९ सय ६५ छ। चाँदीको भाउ तोलामा २५ ले बढेर ९ सय ८० प्रतितोला कायम भएको छ । बुधबारको तुलनामा प्रतितोला ९ सय सुनको भाउ बढेको हो ।
लोकान्तर संवाददाता