बाह्रबिसे बाढी: मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए। 


Advertisement

'बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”, उनले भे, “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ।' 

भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ।


Advertisement

कमेन्ट गर्नुहोस्