डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ

प्रतिकार्यात्मक तस्वीर।

नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो। 


Advertisement

डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुनुवारलाई प्रहरीले बा९७प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ सुनुवारसँग प्रहरीले ११ थान चोरीका मोबाइलसमेत बरामद गरेको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्