२६ जेठ २०८३, मंगलबार

पूर्वराजा ज्ञानेन्द्रले नै कमल थापाको राप्रपा फुटाउन खोजपछि...

कात्तिक २०, २०७४
पूर्वराजा ज्ञानेन्द्रले नै कमल थापाको राप्रपा फुटाउन खोजपछि...

काठमाडौं, १८ वैशाख– उपप्रधान तथा स्थानीय विकास मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार बसेको राप्रपा संसदीय दलको बैठकमा कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका थिए । ‘जसका लागि भन्दै हामी हिँड्यौँ, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइनन्, यसमा हामी सबै स्पष्ट हुनु जरुरी छ,’ एक सांसदका अनुसार अध्यक्ष थापाको भनाइ थियो, ‘राप्रपा विभाजन गर्न सांसदहरूलाई भड्काउन लागेका छन्, यो हामीलाई मान्य छैन ।’

राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको, तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए ।

बैठकमा केही सांसदले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरू सागर तिमल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोश पोखेका थिए ।

स्रोतका अनुसार सांसद तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ । बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । नयाँ पत्रिकामा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्