पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कुनै बेला भारतका चर्चित अभिनेता आमिर खानलाई पत्रकारले एउटा प्रश्न सोधेका थिए, ‘तपाईं प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिले के काम गर्नुहुनेछ ?’ उनले जवाफमा भनेका थिए, ‘अरू त के गर्छु थाहा छैन तर अराजकता फैलाउने मिडिया जति पूरै परिवर्तन गर्छु किनकि हामी केही कुराबाट आतंकित छौ भने त्यो मिडिया नै हो ।’
आमिरको यो उत्तरबाट थाहा हुन्छ, उनी भारतीय मिडियाप्रति कति अविश्वासी छन् भनेर । उनले भारतीय मिडियालाई यति घृणा गर्छन् कि आफ्ना व्यक्तिगत कार्यक्रममा सबैभन्दा पहिले मिडियालाई प्रवेश निषेध गराउँछन् ।
बलिउड अभिनेत्री करिना कपूरलाई एउटा अन्तर्वार्तामा सोधिएको थियो, ‘तपाईंहरू होलिडे (बिदा) मनाउन भारतका विभिन्न ठाउँ किन घुम्नुहुन्न, विदेश गइरहनुहुन्छ ?’ जवाफमा उनले भनेकी थिइन्, ‘घुम्न त मन लाग्छ तर मिडियाले होलिडे नै खराब पारिदिन्छन् ।’ करिनाको यो कुरा बाट के प्रस्ट हुन्छ भने भारतीय मिडियाले पानीमुनि गएर पनि अरूको व्यक्तिगत जिन्दगीमाथि भाँजो हाल्न नछोड्ने रहेछन् ।
कलाकार मात्र होइन, भारतका अधिकांश बौद्धिक वर्ग त्यहाँका मिडियालाई अत्यन्तै घृणा गर्छन् । विश्वास गरून् पनि कसरी यस्तो निकृष्ट पत्रकारितामाथि ? भ्रमको बिउ छर्न माहिर संकीर्ण मिडियाको फल कस्तो होला ?
वैदिक कालमा भस्मासुर नामक राक्षसले महादेवको कठोर तपस्या पछि जसको टाउकोमा हात राखौं, ऊ भस्म होस् भन्ने वरदान पाउँछन् । महादेवबाट वरदान पाएको भस्मासुर स्वयं महादेवलाई नै भस्म गर्न खोज्छ । आफ्नै वरदानको इज्जत बचाउन महादेवको भागाभाग चल्छ र विभिन्न ठाउँमा लुक्न जान्छन् । कतै गए पनि भस्मासुरले नछोड्ने भएपछि हलेसीमा गएर लुक्छन् ।
आजभोलि भारतीय मिडिया पनि भस्मासुर राक्षस जस्तै बनेका छन् । त्यसबाट बच्न भारतीय कलाकार, बौद्धिक वर्ग र स्वयं जनतामा भागाभाग छ ।
हुन त आसुरी प्रवृत्तिबाट कसलाई पो डर लाग्दैन र ! तर आसुरी प्रवृत्ति धेरै समय भने टिक्दैन । अन्ततः मोहिनीको जालमा परेर भस्मासुर स्वयंले आफ्नै शिरमा हात राखेर आफैंलाई भस्म गरेको थियो ।
त्यसरी नै भारतलाई सिध्याउन कुनै अर्को शक्ति चाहिँदैन । एक दिन यिनै भस्मासुर प्रवृत्तिका भारतीय मिडियाले भारतलाई खोक्रो पारेर भस्म गर्नेछन् ।
भारतमा छिचरो पत्रकारिताको नाङ्गो नाच दुनियाँलाई अवगत नभएको होइन । भारत, नेपाल, दक्षिण एसिया मात्र नभई भारतीय मिडियाको दुष्प्रचार गर्ने शैली युरोपेली र अमेरिकी देशहरूलाई पनि राम्रैसँग हेक्का छ ।
भारतमा असंख्य सञ्चारगृह छन् तर अधिकांश विश्वसनीयताविहीन छन् । यिनले सबथोक प्रसारण गर्छन् सिवाय सत्य । अन्त समाचार पढिन्छन्, भारतमा भुकिन्छन् । अन्त सत्य सूचना बाहिर ल्याइन्छ, भारतमा भ्रम बाहिर ल्याइन्छ । अन्त उत्पीडितको आवाज बोलिन्छ, भारतमा मालिकहरूका आवाज बकिन्छन् ।
पत्रकारिताका आधारभूत सिद्धान्त समेत पालना नगर्ने भारतीय पत्रकारिताले भ्रमको खेतीभन्दा उपर केही गर्दैन । संसारमा सञ्चारभ्रमको सबैभन्दा मलिलो माटो भारत नै हो । टीआरपीका लागि जसमाथि पनि बञ्चरो हान्ने नामुद पत्रकारहरू यही ऊर्वर भूमिमा पाइन्छन् ।
केही समय पहिलेसम्म उसको चिरप्रतिद्वन्द्धी पाकिस्तानबारे भ्रमात्मक र सनसनीखेज समाचार प्रसारण गर्ने भारत यतिबेला नेपालमाथि पनि खनिएको छ । पाकिस्तानमाथि गर्ने आतंककारी व्यवहार र चीनप्रतिको घृणा अहिले नेपालसम्म पनि आइपुगेको छ ।
भारतीय मिडियाका यस्ता हर्कतको रवैया भारतमा झनै बढी छ । भारत त्यस्तो देश हो जहाँ जनता र कलाकार मिडिया देखेर सुरक्षित महसूस गर्नुपर्नेमा उल्टै सशंकित हुन्छन् । भारतमा मिडियाप्रतिको नजर कस्तो छ भनेर यसैबाट थाहा पाइन्छ ।
खास गरी लिम्पियाधुरासम्मकै क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया नेपालविरुद्ध ढुङ्गा हान्न आइपुगेका हुन् । भारतीय मिडियाहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तल्लो स्तरको व्यक्तिगत आक्षेपमा ओर्लिएर उनका विषवमन गरिरहेका छन् । शुरूदेखि कालापानी मुद्दा चीनको उक्साहटमा भनेर आरोप लगाइरहेको भारतीय मिडियाले प्रधानमन्त्री र चिनियाँ राजदूतको ‘हनी ट्य्राप’ भन्दै आपत्तिजनक सामग्री प्रसारण गरेका छन् ।
यस्ता झूटा र कपोलकल्पित सूचनाहरू सञ्चारमाध्यमबाट प्रसारण गरेर विश्वसामु नेपालको धज्जी उडाउनु भारतको ध्येय हो । मिडियाको प्रयोग गरेर उसले प्रधानमन्त्री मात्र नभई सिङ्गो नेपाली समुदायको आस्था र राष्ट्रियतामाथि प्रहार गर्ने दुष्प्रयास गरेको छ । यस्ता अधम कुकर्मको जति भर्त्सना गरे पनि कम हुन्छ ।
हाम्रा प्रधानमन्त्रीसँग जनताका धेरै गुनासा छन्, सरकारप्रति रोष छ । तर सिङ्गो नेपालकै अन्तराष्ट्रिय बेइज्जती र अनादर गर्ने अधिकार भारतीय मिडियालाई छैन । यसरी मिडियाको काँधमा बन्दूक राखेर पड्काउन खोज्ने भारतीय नियत पनि प्रस्ट भइसकेको छ । यतिबेला उसको प्रमुख लक्ष्य भनेकै नेपालमा अस्थिरता पैदा गरेर चलखेल गर्ने मैदान निर्माण गर्नु हो ।
भारतीय प्रेस स्वतन्त्रता पीत पत्रकारिताको अपहरणमा परेको छ । लाजै पचाए ऊ अरूलाई प्रजातन्त्रको उपदेश दिँदै हिँड्छ । भारतीय पीपलपाते मिडिया कहिले पो बहुलाएका छैनन् र ! भूकम्पदेखि नेपालीका इमोसन र सेन्टिमेन्टसँग खेलिरहेका छन् ।
यति ठूलो लोकतन्त्र भएको देशले लोकतन्त्रमाथि र प्रेस स्वतन्त्रतामाथि भद्दा मजाक गरिरहेको छ । ...नेलाई भन्दा देख्नेलाई लाज भनेको यही हो शायद । उसका कर्तूतका कारण अरूले मुख छोप्नुपर्ने स्थिति आएको छ ।
जातीय र धार्मिक द्वन्द्वका नारा उचाल्ने, पाकिस्तानीसँग दुश्मनी निम्त्याउने, मुस्लिम समुदायलाई आतंककारी देख्ने, चीनलाई सधैं शत्रु देख्ने, नेपाललाई आफू मातहात ठान्ने, समाजमा वैमनस्य फैलाउने, हिन्दूबाहेकका अन्यमाथि हिलो छ्याप्ने र आफ्नो सरकार बाहेक अरूलाई मान्छे नै नगन्ने यस्ता संकुचित सोचबाट एक इन्च पनि माथि उठ्न नसकेको भारतीय मिडियाको पत्रकारिता नर्सरीमा पनि भर्ना लिन लायक छैन ।
केही वर्षयता भारतका अधिकांश मिडिया हाउस नरेन्द्र मोदीका पाइतालामुनि छन् । मोदी सरकारले गरेका जस्तासुकै कुकर्मको वाहवाही गर्न र विपक्षीको उछित्तो काढ्न मात्र पालिएका गोदी पत्रकारिता हुन् । बरू जनावरलाई हजुर भन्न सुहाउला, यिनलाई त अहँ !
नेपालीको अस्मितामाथि अन्धाधुन्द प्रहार गर्ने, तिललाई पहाड बनाउने र मोदी सरकारले बिरालो मार्दा पनि बाघ मार्यो भनेर समाचार बनाउने भारतीय बेशरम पत्रकारितालाई सय धार्नी गाली चकार्दा पनि कम हुन्छ ।
विश्व मानचित्रमा उसको स्तर कति छ भन्ने कुरा उसका पाल्तु मिडियाका हर्कतले छरपस्ट पार्छ । वैमनस्यलाई बढावा दिने यस्तो झूर पत्रकारिता भारतबाहेक अन्त छैन ।
कुनै पनि देशको अन्तराष्ट्रिय परिचय त्यो देशका मिडिया हाउसले बोकेका हुन्छन्् । प्रजातन्त्रमा नागरिक सचेतनाका हकमा मिडियाको अहम् दायित्व रहन्छ । तर भारतीय मिडियाहरूको प्राक्टिस संसारमै भिन्न र बिर्सनलायकको छ ।
आफ्ना सामग्रीबाट अरूलाई खुइल्याउनु उसको पहिलो धर्म हो । टीआरपी बढाउनका लागि क्यामरा अगाडि र्याल काढेर भुक्नु भारतीय मिडियाको मुख्य कर्म हो ।
भारतको लगातारको हेपाहा प्रवृत्तिले नेपाललाई चीनप्रति झुकाव राख्न मलजल गरिरहेको छ । भारतका हर्कतले नेपाल झनै चीनको छेवैमा पुग्दैछ । नेपालले भारत गुमाउने होइन, भारतले नेपालको साथ गुमाउने हो ।
भारतको उन्मादी व्यवहारले दक्षिण एसियामा एक्लिने प्रायः निश्चित जस्तै छ । सबैभन्दा राम्रो सम्बन्ध मानिएका भुटान, बंगलादेश र नेपाल केही समयदेखि भारतको मिचाहा प्रवृत्तिबाट आजित छन् । भारतलाई मै हुँ भन्ने आसुरी प्रवृत्तिले एक्ल्याउँदै गइरहेको छ ।
भारतको दमनकारी व्यवहार र भारतीय मिडियाको ज्यादतीले गर्दा दक्षिण एसियाका कुनै पनि राष्ट्र भारतसँग सन्तुष्ट छैनन् । छिमेकीसँगको सम्बन्ध राम्रो हुनु प्रत्येक देशको हितमा छ । कूटनीतिक पहल सहज हुनुपर्छ । तर दक्षिणको छिमेकीले त कूटनीतिक हैसियत पनि बाँकी राखेन ।
भारतीय मिडियाले आफैं सर्वेसर्वा र हामी नै सर्वशक्तिमान भन्ने दम्भ नगरेकै जाति हुन्छ । सिङ्गो एसियाको हर्ताकर्ता र निर्णयकर्ता नै आफू भन्ने संकुचित मानसिकता भारतले त्याग्नुपर्छ । फुट्नुभन्दा अगाडि खुत्रुकेलाई पनि लाग्दो हो, त्यसभित्र भएको सारा पैसा आफ्नै हो भनेर । तर त्यो भ्रम हो ।
जम्मा ७३ वर्षको मात्रै इतिहास भएको भारतले स्वघोषित सिंह बनेर गर्जिनुको तुक छैन । आकारमा ठूलो हुँ भन्ने दम्भ त होला तर राष्ट्रियताको कुनै आकार हुँदैन । आकारमा सानो छौं हामी तर स्वाभिमान विशाल छ । संख्यामा कम हौंला तर साहस असंख्य तारा जत्तिकै छ ।
भारतीयले जसरी जय हिन्द भन्नमा गर्व गर्छन् त्यसरी नै एक नेपालीले जय नेपाल भन्नमा गर्व महसूस गर्छ । तिमीलाई अंग्रेजले बटुलिदिएको देशको यति माया लाग्छ भने नेपालीलाई पुर्खाले खुन बगाएर आर्जन गरेको मुलुकको कति माया लाग्छ होला ?
नेपाली जनताको आस्थामाथि बारम्बार प्रहार गर्ने गतिछाडा भारतीय मिडियालाई केही दिन वा महिना होइन सदाका लागि नेपालमा बन्देज गरिनुपर्छ । भारतीय ज्यादती र राष्ट्रियताकै चरित्रहत्याका विरुद्धमा खरो उत्रनुको विकल्प छैन । भारतीय राजदूतलाई स्पष्टीकरणदेखि कूटनीतिक नोट दिनेसम्मका पहल गर्न आवश्यक छ ।
यस विषयमा भारत सरकारले कपोलकल्पित सामग्री प्रसारण गर्ने मिडियालाई कारवाही गर्नुपर्छ, होइन भने नेपालप्रति मिडियाको धारणा भारत सरकार र भारतीय जनता पार्टीको आधिकारिक धारणा ठहरिनेछ । यस प्रकारको कुकुरे प्रवृत्तिप्रति लैनचौरको गम्भीर ध्यान गएन भने यसले आगामी दिनमा नेपाल–भारत सम्बन्धमा अझै ठूलो खाडल बढ्ने प्रस्ट देखिन्छ । हरबखत नेपाललाई बदनाम गर्न उद्यत भारतीय मिडियाको रवैयाप्रति नेपाली जनताले श्रद्धाञ्जलि नै दिँदा पनि कुनै पाप लाग्ने छैन ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...