पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १ जना, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, काठमाडौंका १५ र ललितपुरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १२ जनामा संक्रमण पुष्टि भएको छ ।
लोकान्तर संवाददाता