झ्यालबाट आउने चर्को आवाजलाई आधा घटाउने डिभाइस बन्यो, शहरको घरलाई उपयुक्त (भिडियो)

कार, ट्रेन वा विमानबाट निस्कने चर्को आवाजलाई आधा घटाउने एउटा डिभाइस वैज्ञानिकहरूले बनाएका छन् । 

सिंगापुरको नानयाङ प्राविधिक विश्वविद्यालयका अनुसन्धाताहरूले एउटा झ्यालमा २४ वटा साना स्पीकर जडान गरे जसले एन्टी–नोइज उत्पन्न गर्छ । 


Advertisement

उक्त झ्यालमा राखिएको डिभाइस खोल्दा शहरी यातायातको आवाज घटाउन सकिएको थियो । सामान्यभन्दा १० डेसिबल कम ध्वनि बनाउन यसबाट सफल भइएको थियो । 

यसले बाहिरबाट आएको चर्को आवाजकै फ्रिक्वेन्सीमा आवाज निकाल्छ तर यसमा भएको साउन्ड वेभले बाहिरको ध्वनि प्रदूषणलाई खारेज गरिदिन्छ । 
 


Advertisement

वाहनहरूको ध्वनिमा १० डेसिबल घटाउँदा त्यसबाट उत्पन्न हुने उच्च रक्तचाप लगायतका स्वास्थ्य जोखिम पनि १७ प्रतिशतले घट्ने अनुसन्धाताले बताएका छन् । 

तत्कालका लागि यो डिभाइसको परीक्षण प्रयोगशालामा नक्कली ट्राफिकका ध्वनि निकालेर गरिएको हो ।

पछि चाहिँ शहरका मानिसले झ्याल खुलै राखेर यो डिभाइसको सहायताले यातायातको आवाज घटाउन सक्ने अपेक्षा गरिएको छ । 

जनघनत्व बढी भएको शहरमा व्यस्त सडककै छेउको घरमा झ्याल खोल्नु कहर नै हुन्छ । 

भान लाम र उनका सहकर्मीहरूले एन्टी–नोइजको अवधारणा ल्याएर ध्वनि प्रदूषण रोक्ने इन्भर्टेड साउन्डवेभहरू उपयोग गरेका हुन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्