कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली काँग्रेस संसदीय दल कर्णाली प्रदेशले पत्रकार सम्मेलन गरेरै बजेट सर्वसम्मत पास गर्नुको कारणबारे जानकारी दिएको छ ।
प्रदेश सरकारले गलत भएको कुरामा सुधार्न चाहेको, सभामुख दक्ष र सुझपूर्ण भएको र आफूहरु सरकारमा मन्त्री फेर्ने भन्दा पनि कर्णालीको विकासमा योगदान दिने प्रतिपक्षको भूमिका खेलिरहेको कारण सत्तापक्षले ल्याएको बजेटलाई सर्वसम्मत पास गर्नुपरेको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए ।
‘हाम्रो चाहना मन्त्री फेर्ने पनि होइन, सरकार तलमाथि होस भन्ने पनि होइन,’ उनले भने, ‘सरकार हाम्रा सुझावप्रति गम्भीर बन्यो । प्रत्येक मन्त्रालयबाट मन्त्रालयगत वार्षिक विकास कार्यक्रम तयार गरी वार्षिक विकास कार्यक्रम ल्याउदा साधारण चालू शीर्षक र वित्तीय व्यवस्थामा रहेको बजेट स्पष्टसँग उल्लेख गरी आएकोले बजेट पास गरेका हौं ।’
उनले थपे- ‘आर्थिक मामिला मन्त्रालयवाट एकिकृत रुपमा पहिला पेस भएको बजेट बुकमा पूँजीगत कार्यक्रमलाई एकमुष्ट शीर्षक अन्तर्गत राखिएको बजेटलाई हाल प्रत्येक मन्त्रालयगत पेस भएको नयाँ वार्षिक विकास कार्यक्रममा स्पष्ट ठेगानासहित उपक्रियाकलापहरुमा बण्डासी गरी आएको छ, जस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालयवाट जिल्लागत सयौ योजनाहरु वार्षिक विकास कार्यक्रममा समेटी वार्षिक क्रियाकलापहरु उल्लेख भईआएका कारण पारित गरेका हौं ।’
उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको रोजगारमूलक विशेष पूर्वाधार कार्यक्रमलाई रोजगारमूलक भन्ने शव्दलाई हटाई भौतिक पुर्वाधार मन्त्रालयको कार्यक्रममा उल्लेख गरी जिल्लामा रहेका भौतिक पुर्वाधार कार्यालय मार्फत सत्र्चालन हुने गरी प्रदेश निर्वाचन क्षेत्रवाइज स्पष्ट तोकी आएको कारण आफूहरु बजेट पास गर्न तयार रहेको बताए ।
‘सरकारले हाम्रो कुरा सुन्यो । हामी सत्तापक्ष र विपक्ष भन्दैनौं । हाम्रो चाहना कर्णाली बनाउने हो,’ उनले भने, ‘कर्णालीको विकासका लागि हामी सरकारको सल्लाहकार हौं । हामी अरु जस्तो राजनीति गर्दैनौं ।’
कर्णाली प्रदेश सरकारबाट स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण, शसर्त, विशेष र समपुरक अनुदानवाट सञ्चालन हुने योजनाहरुलाई शिर्षकवाइज स्पष्ट पारी आर्थिक मामिला मन्त्रालयबाट वार्षिक विकास कार्यक्रम ल्याइएको र प्रत्येक कार्यक्रमहरुको खर्च श्रोत जस्तै संघ वैदेशिक अनुदान र प्रदेश सरकार उल्लेख गरी वार्षिक विकास कार्यक्रम आएको भएकाले चालू भैपरी शिर्षकमा रहेको अबण्डा बजेटलाई विद्दुतिकरण आयोजनाहरुको नाम किटान गरी आएको बताउँदै नेता शाहीले सरकारलाई धन्यवादसमेत दिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...