बहुपक्षीय पोषण कार्यक्रमका लागि तीन अर्बको सहयोग

बहुपक्षीय पोषण कार्यक्रमको दोस्रो चरणका लागि युरोपेली स‌ंघले २३.३५ मिलियन युरो (करिब  तीन अर्ब १७ करोड ४५ लाख) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ।

अर्थमन्त्रालयमा शुक्रबार आयोजित  समारोहमा द्विपक्षीय सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना र युरोपेली युनियनका निमित्त निर्देशक जियन लुइस भिल्लेले हस्ताक्षर गरेका हुन्।


Advertisement

सन् २०१८ देखि शुरु भएको सो कार्यक्रम २०२२ सम्म सञ्चालन हुनेछ । अनुदान सहयोगमध्ये २० मिलियन युरो अर्थात दुई अर्ब ७१ बराबरको अनुदान बजेटरी सहयोगमा उपलब्ध हुनेछ भने बाँकी रकम भने युनिसेफको प्राविधिक सहयोगमार्फत खर्च हुने विज्ञप्तिमा जनाइएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्