महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार  नियन्त्रणमा

प्रतिकार्यात्मक तस्वीर।

महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार विगत चार दिनमा जिल्ला सदरमुकाम जलेश्वरसहितका बजारमा मास्क प्रयोग नगरी हिँड्ने पाँच हजार ६ सय ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। तीमध्ये एक हजार ५ सय ७१ महिला र चार हजार ३२ पुरुष रहेका छन्। 


Advertisement

मास्क प्रयोग नगरी हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर २ घण्टा उभ्याएको छ भने मास्क गोजीमा भएकालाई मास्क प्रयोग गराएको र नभएकालाई मास्क वितरण गरेको छ । साथै उनीहरुलाई सम्झाइबुझाइ छाडेका छन्। 

अहिले प्रहरीले मास्क लगाउनेलाई नियन्त्रणमा लिने, मास्क लगाउने जस्ता क्रियाकलाप अगाडि बढाएको छ भने जिल्लावासीकाे बानी बेहोरामा सुधार नआए दण्ड जरिवाना जस्तो कार्यक्रमसमेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्टले बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्