×

NMB BANK
NIC ASIA

बाढीबाट विद्युत् गृहमा क्षति, पाँच सय मेगावाट उत्पादन बन्द

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 दुई दिनदेखि देशभर भएको वर्षात् र बाढीका कारण विद्युत् आयोजनामा क्षति पुग्दा करिब पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

हालसम्म नेपाल विद्युत् प्राधिकरण मातहतका २४० मेगावाट र निजी क्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीसमेत प्रभावित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ भन्ने निश्चित नभएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

प्राधिकरणको स्वामित्वका ७० मेगावाटको मध्यमस्र्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह अहिले बन्द भएका छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीको उत्पादन पनि बन्द भएको छ ।
यस्तै इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ । विभिन्न स्थानमा प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुख ढलेर लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या आइरहेको प्राधिकरणले जनाएको छ ।

Vianet communication
Laxmi Bank

स्वदेशी उत्पादन आकस्मिक रूपमा बन्द भएपछि कटैया र ढल्केवर हुँदै विद्युत् आयात गर्न लागिएको जनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बन्द भएका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन यथाशीघ्र सञ्चालन गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्न प्राविधिक टोली खटिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन भइरहेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x