×

NMB BANK
NIC ASIA

बेकरी व्यवसाय नेपालमा क्रमिक रुपमा निकै फस्टाएको देखिएको छ । कुनै जमानामा समोसा तरकारी, पुरी तरकारी, सेल तरकारी, मःम, चाउमिन, थुक्पा, चिउरा तरकारी खानेहरू पछिल्लो समय आएर बेकरीका परिकार पेस्ट्री, क्रोसेन, डुनोट, प्याटिज, कुकिज, डेनिस, स्विस रोल्स, मफिन, फ्रुट केक, पाइ, टार्ट, टोस्ट लगायत परिकार मुखमै झुण्ड्याइरहन्छन् ।

Muktinath Bank

बेकरी परिकारका कारण जिब्रोले पनि स्वाद फेर्न मौका पाएको छ । अहिले गल्ली–गल्ली, कलेज, स्कूल, महल, सिनेमा हल, जहाँतहीँ बेकरी शप देख्न सकिन्छ र व्यापार पनि राम्रो हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेकरी परिकारको व्यवसाय गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पछिल्लो पुस्ताका युवाले सावित गरेका छन् । कसैकसैले राम्रो ब्राण्ड वा फेन्चाइज नै विकास गरेर शहरका विभिन्न ठाउँ र जिल्ला–जिल्लामा आउट लेट फिजाएका छन् । हुन पनि बेकरी परिकारको साथमा कफी चुस्कीको मज्जा नै भिन्न छ ।


Advertisment
Nabil box
Kumari

बेकरी खोल्ने संस्कार भने युरोपबाट संसारभर फिजिएको हो । त्यसमा पनि बेक परिकारको विकास र विस्तार गर्ने पहिलो श्रेय भने फ्रान्सलाई नै जान्छ । अहिले पनि संसारका बेस्ट बेकरहरू फ्रान्स र छिमेकी देशहरूमै सीमित छन् । अहिलेको अवस्थामा वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि सानो लगानी गरेर बेकरी व्यवसाय शुरू गर्दा भविष्य उज्जल देखिएको छ । भोलिका दिनमा पनि बेकरीमा क्रेज भएका ग्राहकहरू बढ्ने क्रममा छन् । सानोदेखि ठूलो लगानीसम्ममा खोल्न सकिने बेकरी व्यवसायले राम्रो आम्दानी दिनेमा कुनै दुईमत छैन तर तपाईंलाई बेकरी सम्बन्धी ज्ञान भने हुनु अत्यन्त जरुरी छ ।

Vianet communication
Laxmi Bank

सानो व्यवसायबाट शुरू गर्ने हो भने आफ्नो गाउँपालिका वा नगरपालिकामा दर्ता गरेर सहज रुपमा बेकरी पेशा शुरू गर्नुपर्ने छ तर ठूलो लगानी नै गरेर आफैं उत्पादन गरेर बेच्ने र सप्लाई गर्ने हो भने भ्याटमा पनि दर्ता गर्न जरुरी छ । पहिला आफूले केही हप्ता बेकरी सम्बन्धी तालिम लिने वा आफूले विदेशमा पनि यही क्षेत्रमा काम गरेको हो भने त झन् अतिउत्तम नै भइहाल्यो ।

यूट्युब र अनलाइन वा पुस्तक पढेर भने व्यावसायिक रुपमा बेकरी खोल्न अलि गाह्रो नै हुन्छ । तपाईंले ५ वा ६ लाख रुपैयाँ लगानी गरेर ५० हजारको हाराहारीमा कमाउनु भनेको नराम्रो भन्न मिल्दैन, मात्र तपाईंले गरेको पेशामा सकारात्मक सोच, इमान्दारिता, दक्ष, परिश्रमी, विश्वासी हुन जरुरी छ । अहिलेको जमानामा कुनै पनि पेशामा ग्राहकले पैसाभन्दा पनि सरसफाइ र तपाईंले गर्ने व्यवहारलाई हेर्छन् ।

नेपालका केही प्रसिद्ध बेकरी शपहरू

कृष्ण बेकरी एण्ड कन्फेक्सनरी, इन्द्रेणी केक एन्ड कफी शप, शेफ बेकरी र कन्फेक्सनरी, बेक एन्ड केक, केक कारखाना नेपाल, मिस्टर केक नेपाल, युरोपियन बेकरी, यूजी केक, सेफ्स बेकरी र कन्फेक्सनरी, कफी पसल र केक पसल, फाइन ग्रेन्स बेकरी, केक भन्डार, हङफु पेस्ट्री, न्यूरोड बेकरी, हर्मन हेल्मरस जेर्मन बेकरी, फुजी बेकरी, हर्मन हेल्मर्स जर्मन बेकर्स, दी बेकिङ फ्याक्ट्री, हट ब्रेड बेक हाउस, न्यू गोर्खाली बेकरी एन्ड कफी शप, इटालियन बेकरी प्रालि, द बेकरी शेर्पा, वीजेन बेकरी, पम्परनिकेल बेकरी, लाइभ बेकरी, पप्पज बेकरी, क्रियटिभ केक्स नेपाल, मेलिफ, भेराइटी बेकरी, केकमान्डु बेकरी, मफिन एन्ड केक्स, केक कोसेली, नेपाल केक एन्ड बेक, सबैको बेकरी, जर्मन बेकरी, पोखरा केक्स, अमृत बेकरी, हुइट टु स्विट, केक लेक बेकरी, ओल्ड हाउस बेकरी लगायत नाम कहलिएका बेकरी शप मानिन्छन् ।

विश्वका केही उत्कृष्ट र सुपरियर बेकरी शप 

केक सुपरिएर, केक अ डियम, लिड जुपाली, किनेड ब्रेड, डोइ डिलाइट, बटर ब्याटर बेकरी, स्विट पाइ, आइ बेक इट टेक इट, सुगर ड्याडी, प्रिटी बेक, ग्लुटिन फ्री, ग्लुटिनस मिनिमस, वयक एन्ड बेक, पेस्ट्री इम्पोरियम, द रोलिङ पिन, कन्फेक्सन कनेक्सन, बेक एन्ड फ्लेक, द कुलिङ र्‍याक, द स्विट रुम, द केक फेरी, केक ओ क्लक, द केक कर्नर, नटी क्रियसन, द बगेल शप, रेड भल्भेट बेकरी, केक एन्ड स्पुन, कोटन केकरी, ड्राइभ बाइ पाइ, मेक इट स्विट, पाइ बार, स्विट टुथ, ब्रेड एन्ड बटर, फाइनेस्ट डोनट, पिस अफ केक, सन राइज बेकरी, द मिल्क बार, गोल्डन बेकरी, हनी एन्ड केक, स्विट केक शप, ब्रेड लन्ज, फेल्लेबरिएस बेकरी, इनसोमनिया कुकिज, द बेकिङ रुम, केक एन्ड क्रीम, बके अफ, कपकेक न्यसन, इभानस बेक सप, स्थिकी बन, नटमेग बेकरी क्याफे, भ्याली बेकरी, मम्स बेकरी, केक एन्ड आर्ट, फ्लोर बक्स बेकरी, केकर्स, लक्की राइस केक, रोयल बेकरी, बेकरी बाइटस, कुकिज टुनाइट, फ्लोर सावर, रोमा बेकरी, द केक लाइर, द मफिन म्यान, मिल्क जार कुकिज, सुगर कोटेट केक, टाइगर अफ जोय, बेकिङ ब्रेड, सी बी, बुन्नी केक, द पाइ चार्ट, डेलिसियस ट्रिट, मन्स्टर कुकिज, द चकलेट चिप्स, टेस्टी बेकरी, केक वाक, इन एयर फेस केक, टप टाइगर ट्रीट, पटी केक, टेक द केक, मड ब्याटर, माइ कप केक वर्ड, द बेकर्स टेबल, कुकिज क्रम्बल, ग्रान्डमा किचन, ट्रु लोफ बेकर, केक आर्ट, हाउस अफ केक, द बन अल्सो राइज, चिफ ब्रेड मेकर लगायत प्रसिद्ध छन् ।

बेकरीका केही विश्व प्रसिद्ध विविध परिकारहरू 

सयुक्त राज्य अमेरिकाको आङगेल फूड केक र बनाना ब्रेड, रोमानियाको आमान्डिन, जर्मनीको एप्पल केक, पोल्यान्डको बब्का, इजिप्टको बसबोसा, मलेसियाको बटिक केक, इन्डियाको बेबिन्चा, अमेरिकको बोस्टन क्रिम पाइ, बेलायतको बटर केक र क्यारोट केक, इटलिको कसटा, फ्रान्सको कर्लोटी (केक), ग्रिसको चिज केक, बेलायतको क्रिसमस केक, जर्मनीको कफी केक, बेलायतको कफी वालनट केक, फिलिपिन्सको क्रिमा डे फ्रुटा, फ्रान्सको क्रुकुम्बन्ची, चीनको क्रिस्टल केक, बेलायतको डेट्स एन्ड वालनट लोफ, क्यानाडाको डेट स्क्वायर, हङेरीको डोबुस केक, नेदरल्यान्डको डच कार्निभल, फ्रान्सको फिनान्सियर, रोमको फ्रूट केक, अमेरिकाको फुनेल केक र चकलेट केक, भारतको घेवर, बेलायतको जिन्जर ब्रेड, बेल्जियमको हास ब्राउनिज, युक्रेनको किभ केक, स्पेनको किङ केक, बेलायतको मडेयरा केक, स्पेनको माक्डलेना, डेन्मार्कको मार्बल केक, फ्रान्सको ओपेरा केक, इटलिको पनेटोनी र पान्पेपाटो, फ्रान्सको पेरिस ब्रिस्ट, बेलायतको पर्किन र प्लम केक, स्विडेनको प्रिन्सेस केक, अमेरिकाको पम्किन ब्रेड, जापानको रेड बिन केक, इटलिको रोम बाबा, जमाइकाको रम केक, पोल्यान्डको समिक, स्पेनको कोका, स्विडेनको सिनामन रोल्स, बेलायतको कर्निस पेस्ट्री, फ्रान्सको क्रेप सुजेत र क्रिम हर्न, फ्रान्सको क्रोसेन्ट, अमेरिकाको क्रोनट, क्युबाको कुबान पेस्टीलिटो, साउथ एस्ट एसियाको करी पफ, डेनमार्कको डेनिस पेस्ट्री र डबी डोज, फ्रान्सको इक्यलेर पेस्ट्री, स्पेनको इमपानडा, चीनको फागाओ, इजिप्टको फिग रोल्स र फ्लाकी पेस्ट्री, इन्डियाको गुजिया, फ्रान्सको जेसुइटी, हङेरीको कलाक्स र किफ्ली, मिडल इस्टको कनाफा, अस्ट्रियाको लिन्जर तोर्ते, चीनको लोटस सिड बन र मुनकेक, फ्रान्सको माकारोन र माइल फेउल्ली, मलेसियाको माकमुर, टिबेटको मसन, स्विडेनको माजारिन, नेदरल्यान्डको मार्कोक, अस्टियाको मुस्काजिन, अर्मेनियाको नाजुक नाम चलेका बेकरी परिकार हुन् ।

फ्रान्सको चारलेट्टी, डिकोइस, फ्राइजर, फार ब्रिटन, मुस आउ क्याफे, मरिङआउ टार्ट, ब्रिडेल, ग्यातु बस्क्यु, म्यारोन ग्लेज, टार्टे नोर्मान्डी, ग्याटु माइल क्रेप्स, मरिङआउ कुकिज, मुस आउ क्यारामेल, फ्रीइन्ड, मुस आउ सिट्रोन, पलमियर, कलिसन, फियोन्डन, लेमोन मरिङआ टार्ट, क्रिम क्यरामेल, फ्राइसियर, क्यानेल, चारलोटी लुसे, मोन्टीबियन्को, पेटिट फ्लोर, बुच्छे डे नोयल, सब्ले, टार्टे टातिन, इटलीको बुर्चलाटो, टोर्टा प्याराडिसो, टोर्टा ९००, जुक्कोट्टो, फेरारा, टोर्टा क्यप्रिसे, कसटा, तिरामेसो, पन्नाकोटा, बुदिनो प्रसिद्ध छन् भने ब्रिटिसको कोर्निस हेब्बा केक, टिप्सी केक, पार्किन, सिम्नेल केक, डुन्डी केक, मन्डेइरा केक, बट्टेन बर्ग केक, क्रुम पेट, भिक्टोरिया स्पञ्च, पउन्ड केक प्रचलित छन् । अमेरिकाका केही प्रख्यात केक तथा बेकरी आइटमहरूमा कोकोनट केक, जर्मन चकलेट केक, किङ केक, देवील्स फूड केक, आइस क्रिम केक, बोस्टन क्रिम पाइ, रेड भल्बेट, न्यूवर्क स्टायल चिज केक, मोल्टेन चकलेट केक छन् ।

अन्यमा फ्रुट ग्यातु, चकलेट ट्रोफल, बटर स्क्वाच, हवाट फोरेस्ट, ब्याक फोरेस्ट, थ्री टायर वयडिङ केक, क्रिम बुल्ले, बभरियन क्रिम, सेमीफ्रेडो, गरास, कुटसिन्ट्टा, सेकाग्ज, पराडिसो, चिफोन केक, बन्च ड लोन, लागकागे, फ्रियन्ड, अलस्का, डिर्ट केक, बिबिङगा, गोय बटर केक, टेक्सास सिट केक, बटेन वर्ग केक, अमनडिन, पोर्टोकलोपिता, मिसीसिपी मड पाइ, कारपोट्का, कुइपुट्टु, आइस बक्स केक, जापानिज चिज केक, क्रिमनारेजिना, चोकोटोर्टा, गलुस्का, मडारिका, डोबसतोर्ते, फेररा, सन्सरिभल, डोनाउवइल्ली, पोटिका, रोगेल, क्रुमपेट, पाभे, बटर कुचेन, बोलो डे मेल, चकलेटफज केक, ब्राउनी, चकलेटइकलेर, बउमकुचेन, ट्रेस लाचेस, पियरनिक, मलोको, लिन्जर तोर्ते, बोस्टन क्रिम पाइ, बब्लानिना, माजुरेक, सियमबेला, क्रिमेस विश्वका प्रसिद्ध बेकरी केकहरू हुन् ।

फ्रेन्चबोगेट, बर्गरबन, हटडगबन, मुल्टीग्रेनलोफ, मिनीबोगेट, स्विटबन, फोकासिया, बननाब्रेड, ब्रेडस्टिक, ब्रियोचे, चल्लाह, सियबोटा, कर्न ब्रेड, पिता ब्रेड, चिज ब्रेड, चिज स्ट्र, पम्परनिकेल, राइब्रेड, सोडा ब्रेड, सावर डो ब्रेड, होल हुइट, टार्ट सेल, स्यान्डुज ब्रेड, सफ्ट रोल्ल, सिसम ब्रेड, गार्लिकब्रेड, पिज्जाब्रेड, बिस्कुटी, कोपिया, बुक्केलाटो, स्कारपासिया, भेनेटा, मटेरा, पनेरोस्टिको, अल्टामुरा, सिरीवला, फेरारेसी, मिचेट्टा, टोर्टोनो, टोस्कानो, फ्रिसेल्ली, मारिटोज्जी, करसाउ, नडालिन, हार्ड रोल्स, क्यानापी ब्रेडस, स्लाइस ब्रेड, ब्राउन ब्रेड, मिलेट ब्रेड, बक ह्विट ब्रेड लगायत विश्व चर्चित बेकरी ब्रेडहरू हुन् । जुन हामीले बनाउन सक्यौं भने निकै फाइदा र स्वास्थ्यबद्र्धक पनि हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x