कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मतीलगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । विगत हप्ताभन्दा पशुपति क्षेत्रमा फोहर कम भेटिएको उहाँले जानकारी दिनुभयो । असार १ गतेपछि पशुपति क्षेत्रमा सफाइको काम हुन थालेको जनाइएको छ ।
यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइका क्रममा सडक किनारका फोहर निकाल्नाका साथै फोहरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
सफाइमा अभियानकर्मीका साथै हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सक्रियता थियो । अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा वाग्मती किनारा र हनुमान वाटिका क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सफाइमा प्रिया लामिछाने, रामप्रसाद पन्थीलगायत अभियानकर्मी पनि सक्रिय हुनुभएको जनाइएको छ ।
यसैगरी गुह्येश्वरी माथिको वाग्मती, चक्रपथको उत्तरी खण्ड, गोदावरी खोला, रुद्रमती, विष्णुमती, चक्रपथको पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । सबै सफाइ अभियानमा घर नजिक भएका अभियानकर्मी मात्र सहभागी भएको जनाइएको छ । राजधानीमा ढलमा पनि कोरोना भेटिएको भन्ने हल्लाका कारण पनि आजको सफाइ बढी सजगता अपनाइएको हो ।
सफाइ स्थलभन्दा टाढाका अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा चेतनामूलक अभियानसहित सफाइ अभियानलाई निरन्तरता दिनुभएको छ । विसं २०७६ चैत ११ गते कोरोनाबाट बच्न बन्दाबन्दी जारी भएपछि देखि नै नदी किनारभन्दा टाढाका अभियानकर्मीले टोल सफाइ अभियान शुरू गरेका हुन् ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरू भएपछि उपत्यकामा यसका विभिन्न खण्डसहित सहायक नदी, चक्रपथका उत्तर र पश्चिम खण्डलगायत स्थानमा सफाइ अभियान शुरू भएको हो ।
यसैगरी उपत्यकाबाहिर पनि प्रमुख सहर, मुख्य नदीनालामा गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान शुरू भएको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरू भएदेखि चाड पर्व, वर्षा, गर्मी, जाडो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेलासमेत सफाइ अभियान रोकिएको छैन । २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएपछि भने चैत १५ गते शनिबार नदीमा नगई टोल सफाइ गरेरै भए पनि अभियानलाई निरन्तरता दिइएको थियो ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...