×

NMB BANK
NIC ASIA

कार्यकर्ता रिझाउनमै सीमित प्रदेशको बजेट: कोरोना संकटमा सभामुखको बगैँचा र क्लबको भवनलाई पैसा !

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश ५ सरकारले कोरोना महामारीकै बीच आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्यायो । बजेट संसद्मा सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले कोभिड–१९ (कोरोनाभाइरस) नियन्त्रण गर्दै रोजगारी गुमाएकालाई स्थानीय स्तरमै रोजगारी दिलाउन बजेट केन्द्रित रहेको बताएका थिए ।

Muktinath Bank

तर, मन्त्रालयगत वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा सरकारको दाबीविपरीत नेता र पहुँचका आधार कार्यकर्ता रिझाउन अनावश्यक क्षेत्रमा टुक्रे र पटके कार्यक्रमका लागि बजेट छुट्ट्याएको पाइएको छ, यसले सरकारको भनाइ एउटा गराइ अर्को रहेको पुष्टि हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

कसरी छरिएको छ बजेट ?

Vianet communication
Laxmi Bank

बजेटमा पूर्णबहादुर घर्तीको सभामुख निवास बुटवल–१० रामनगर परिसरमा फूलबारी बनाउन ५ लाख रूपैयाँ विनियोजन गरिएको छ । प्रदेश सभा सचिवालय तथा संसदीय समिति परिसरमै फूलबारी बनाउन ५ लाख बजेट छ । त्यस्तै उपसभामुख कृष्णी थारूको निवासमा पार्किङ सेड निर्माणका लागि ४ लाख बजेट छ । 

दशैँतिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि ६ लाख बजेट छ । त्यस्तै प्रदेश स्थापना दिवस विशेष कार्यक्रम मनाउनका लागि १० लाख रूपैयाँ बजेट छ । त्यस्तैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत क्षमता विकास तालिमका लागि ४ लाख रूपैयाँको बजेट छ ।

पश्चिम नवलपरासीको वनदेवी मन्दिर र पार्क निर्माण तथा सौन्दर्यीकरणका लागि ५ लाख बजेट छ । रोल्पाको लुङ्ग्री गाउँपालिका– ४ मा जनसेवा गणतान्त्रिक युवा क्लबको भवन निर्माण गर्न १० लाख रुपैयाँ छुट्ट्याइएको छ । त्यस्तै पर्यटन सेवा केन्द्र रुपन्देही र बाँकेलाई ५/५ लाख बजेट विनियोजन गरिएको छ । 

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सहिद स्मृति पार्क बनाउन १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यी केही उदाहरण मात्र हुन् । उपभोक्ता समितिमार्फत् सञ्चालन हुने यस्ता आयोजन यसभन्दा अगाडिका आर्थिक वर्षमा समेत प्रभावकारी नभएको भन्दै गुनासो आइरहेका समयमा प्रदेश सरकारले पुनः निरन्तरता दिएको छ ।

पर्यटकीय पूर्वाधारका लागि भनेर धेरै ठाउँमा टुक्रे बजेट छुट्ट्याइएको छ । तर, ठूला र दीर्घकालीन महत्त्वका पर्यटन पूर्वाधारका लागि प्रदेश सरकारले बजेट छुट्ट्याएको छैन । जसले गर्दा कोभिड–१९ नियन्त्रण र स्वास्थ्य पूर्वाधारभन्दा मन्दिर संरक्षण र भ्यु टावर बनाउनेमा बजेट केन्द्रित देखिन्छ ।

महामारीमा बगैँचाका लागि बजेट किन ?

बजेट बनाउँदा आवश्यकता र औचित्यका आधारमा बनाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयको दाबी छ । मन्त्रालयका उपसचिव एवं योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले तल्लो तहबाट आएका धेरै योजनाहरू महामारीले गर्दा घटाइएको बताए । सभामुख र सचिवालयमा बगैँचा निर्माणका लागि किन बजेट भन्ने प्रश्नमा पौडेलले भने, ‘व्यवस्थापकीय प्रमुखको निवासका लागि प्रदेश सभाबाट प्रस्ताव आएपछि रोक्न सकिएन ।

माग अनुसारको रकम विनियोजन भएको छैन । अनिवार्यभन्दा अन्य कार्यक्रमको बजेट घटाएर दिइएको हो ।’ 

पौडेलले थपे, ‘सांसदहरूको प्रेसर धेरै आउँदा साना कार्यक्रमहरू मन्दिर, भ्यु टावर र अन्य फूलबारी बनाउने जस्ता साना कार्यक्रमहरू पनि बजेटमा समावेश गर्नुपर्ने अवस्था आएको हो ।’ 

पौडेलले सकेसम्म बजेट विवेक पुर्‍याएर ल्याइएको बताए । 

के भन्छन् आर्थिक क्षेत्रका जानकार ?

प्रदेश सरकारले महामारीमा ल्याएको बजेट विगतको जस्तै वितरणमुखी रहेको बताएका छन् । स्थानीय तहले नै सञ्चालन गर्न सक्ने र प्रतिफल नआउने क्षेत्रमा ठूलो बजेट खर्च गर्नु बालुवामा पानी हाल्नुसरह हुने बताउँछन् ।

आर्थिक क्षेत्रका जानकार मनिकर कार्कीले महामारीले बजेटको स्रोत संकुचन भएको समयमा पनि सरकारले वितरणमुखी र अनावश्यक क्षेत्रमा बजेट वितरण गरेको बताए । उनले भने, ‘महामारीमा तालिम, गोष्ठी र मर्मतसम्भार, बगैँचा बनाउने जस्ता बजेट रोक्नुपर्थ्यो । तर, रोकेन । ठूला योजनामा बजेट नभई । साना टुक्रे र पटके कार्यक्रममा बजेट बाँडेर कार्यकर्ता पोस्ने गरी आयो ।’

यस्ता कार्यक्रमलाई भन्दा आर्थिक पुनःउत्थानका लागि साना किसानहरूका लागि न्यून ब्याजमा कर्जा उपलब्ध गराउने कार्यक्रम आएको भए राम्रो हुने कार्कीको भनाइ छ । वरिष्ठ अधिवक्ता बुद्धबहादुर थापाले उपभोक्ता समितिमार्फत् सञ्चालन हुने यस्ता आयोजनाले प्रतिफल नदिने बताए । 

थापाले यस्ता आयोजनालाई निरन्तरता दिनुले प्रदेश सरकार संघीय सरकारभन्दा फरक हुन नसकेको बताए । सरकारको बुझाइ पैसा नबाँडेसम्म केही हुँदैन भन्ने उद्देश्यमा केन्द्रित जस्तो बजेट आएको देखिएको हो । 

प्रदेश सरकारको बजेट ३६ अर्ब ३५ करोड २५ लाख छ । जसमध्ये १२ अर्ब ५९ करोड २४ लाख, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख र स्थानीय तह वित्त हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x