सुन-चाँदीपछि आयो हिराजडित मास्क, मूल्य ६ लाख !

कोरोना भाइरस महामारीका कारण संसारभर मास्क लगाउनु जरुरी बनाइएको छ । नेपाल र भारतमा यतिबेलाको सिजन बिहेबारीको सिजन हो ।

भारतको सुरतमा व्यापार गरिरहेका एउटा गहना पसलेले बिहेको सिजनलाई ध्यानमा राखेर ६ लाख सम्मको मास्क बनाएका छन् ।


Advertisement

हिरा जोडेको उक्त मास्कको भारतीय मूल्य ४ लाख जति पर्छ । यतिबेला ती गहना पसलेले बनाएको मास्कको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ ।

गहना विक्रेता दीपक चौकसीले भनेका छन्, 'मलाई हिराजडित मास्क बनाउने आइडिया मेरा ग्राहकबाट आएको हो, जसको घरमा बिहे थियो । पतिपत्नी दुवैले यस्तो मास्कको अर्डर गरे ।'


Advertisement

त्यसपछि उनले आफ्ना डिजाइनरहरूलाई मास्क बनाउने काममा लगाए । उक्त मास्कमा शुद्ध अमेरिकन हिरा जोडेर बनाइएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्