कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
रूपन्देहीमा सार्वजनिक गाडी सञ्चालनमा आएका छन् ।
कोरोना महामारीले चार महिनादेखिको लकडाउनले ठप्प भएको ‘पब्लिक ट्रान्सपोर्ट’ आइतबारदेखि सञ्चालनमा आएको हो ।
लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकूलित (एसी) बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको छ ।
प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरी सञ्चालनमा ल्याएको बताए ।
अध्यक्ष अधिकारीले भने, ‘सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर हामीले गाडी सञ्चालनमा ल्याएका छौं ।’
समिति मातहतमा ८ वटा एसी बस छन् । ती गाडी एक/एक घण्टामा छुट्नेछन् ।
बुटवल बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ । सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो ।
यात्रुलाई बसमा चढाउनु अगाडि स्यानिटाइजर र थर्मल गनले ज्वरो जाँच गर्ने, बसभित्र भौतिक दुरी कायम गरिने, सह–चालकलाई पीपीई लगाएर मात्र काम गर्न लगाउने, यात्रुलाई मास्कको अनिवार्य व्यवस्था लगायतका सुरक्षा प्रवन्ध मिलाएर बस सञ्चालनका ल्याएको गाडी धनी प्रकाश पुनले बताए ।
कोरोनाका त्रासका बीच गाडी सञ्चालनमा ल्याएको हुन सक्ने भएकोले र त्यसबाट जोखिम हुने डरले यात्रुहरूको संख्या न्यून रहेको पुनले बताए । नेपालकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रालिले तत्काल आफूहरूले गाडी सञ्चालनमा ल्याउन नसक्ने बताएको छ ।
प्रालिका अध्यक्ष दधिराम खरेलले गाडी मर्मत गर्नुपर्ने भएकोले तत्कालका लागि गुडाउन सम्भव नभएको बताए । प्रालि मातहत २ हजार ४ सय गाडी आवद्ध छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...