अमिताभ बच्चनलाई प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका चर्चित अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।

आइतवार अपराह्न सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले कोरोना संक्रमित दुवैलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।


Advertisement

'भारतका महान अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिनेता अभिषेक बच्चनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' ओलीले आफ्नो ट्वीटरमा लेखेका छन् ।

आइतवार बिहान अमिताभ र अभिषेक दुवैलाई कोरोना संक्रमण भएको समाचार बाहिरिएको थियो ।


Advertisement

भारतीय सञ्चारमाध्यमहरूले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समाचारहरू प्रकाशित गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्