२६ जेठ २०८३, मंगलबार

प्रचण्डले गरे सौराहालगायत डुबान क्षेत्रको अवलोकन

प्रचण्डले गरे सौराहालगायत डुबान क्षेत्रको अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गरेका छन् ।

कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गरेका हुन् । कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको प्रचण्डले अवलोकन गरे ।

कालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ती क्षेत्रमा पुङखोलाको बाढीले डुबान गराएको हो । खोलाको पानीलाई डाइभर्सन गरी थाङखोलामा मिसाउन सकिने भन्दै दाहाललाई थाङखोलाको निरीक्षण गराइएको थियो ।

प्रचण्डले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको राप्ती नदी किनारमा लगाइएको ड्याकको स्थलगत निरीक्षण गरेका छन् ।

ती नगरपालिकाका प्रमुखले प्रचण्डलाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका थिए । राप्ती नगरप्रमुख प्रमुख प्रभा बराल र खैरहनीका प्रमुख लालमणि चौधरीले बाढी रोक्नका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन उपायका बारेमा प्रचण्डलाई जानकारी गराएका थिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बाढीका कारण राप्ती नदी पारी स्थानीयको लालपूर्जा भएको जग्गा पुगेको भए पनि उनीहरुले केही पाउन नसकेको गुनासो गरे । उनले निजी हात्ती चरनको समस्या भएको प्रचण्डलाई जानकारी गराए ।

प्रचण्डले ती समस्याका बारेमा राजधानी फर्किएपछि समाधानका लागि पहल गर्ने बताए । पर्यटकीय क्षेत्र सौराहाको चित्रसारी क्षेत्रमा रहेका अधिकांश होटल तथा रेस्टुराँ डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढीले रत्ननगरका वडा नं ७ र ८ मा रहेका होटल तथा रेस्टुराँ डुबानमा परेका हुन् ।

प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीबाट प्रभावित भएका क्षेत्रको निरीक्षण गरेका थिए । प्रचण्ड क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

salt training

कमेन्ट गर्नुहोस्