मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
हामीहरू जिम जानका लागि बिहानै उठ्छौं अनि अफिसको इमेलको जवाफ फर्काउनका लागि रात ढिलोसम्म बस्छौं ।
अनि कहिलेकाहीँ सुत्ने बेलामा हामी ओछ्यानमा पल्टिएर नेटफ्लिक्स हेर्छौं ।
कारण जे होस्, हामी प्रायः सुत्ने समयमा कटौती गर्छौं । तर स्वास्थ्य कायम गर्नका लागि तपाईंले सुत्नका लागि अलिक बढी समय छुट्ट्याउनुपर्छ ।
निद्राका लागि तपाईं एक घन्टा मात्र बढी समय छुट्ट्याउनुहुन्छ भने ताजा देखिनुहुन्छ, थप राम्रो अनुभव गर्नुहुन्छ र आफ्नो काम राम्रो गरी गर्न सक्नुहुन्छ ।
विशेषज्ञहरूका अनुसार, एक अतिरिक्त घण्टा शुरूआत मात्र हो । निद्राको वास्तविक फाइदा पाउनका लागि सुत्ने तालिका बनाउनुस् र त्यसमा कायम रहनुस् ।
भरपूर निद्राका अनेकौं फाइदा छन् । अमेरिकामा जोन हप्किन्स विश्वविद्यालयकी एसोसिएटेड प्रोफेसर रेचल सलास निद्रारोग विशेषज्ञ हुन् ।
उनी भन्छिन्, ‘भरपूर निद्रापछि तपाईं गजब अनुभव गर्नुहुन्छ, तपाईंलाई थप ऊर्जा प्राप्त हुन्छ, राम्रा विचारहरू आउँछन् अनि आफ्नो टीम र संगठनमा थप राम्रो योगदान गर्न सक्नुहुन्छ ।’
निद्राले शरीरमा पनि राम्रो असर पर्छ । निद्रामा कटौती गर्दा तपाईंको तौल बढ्न सक्छ । आँखामुनि चाउरी पर्छ र तपाईं थाकेको जस्तो देखिनुहुन्छ ।
सन् २०१३ मा बीबीसीले सरे विश्वविद्यालयको स्लीप रिसर्च सेन्टर फर एक्सपेरिमेन्टसँग मिलेर एक अध्ययन गरेको थियो ।
एक अतिरिक्त घण्टाको निद्राले कम्प्युटर टेस्टमा भाग लिएका मानिसको मानसिक दक्षता बढेको थियो ।
अनेकौं अध्ययनबाट प्रस्ट हुन्छ, जम्मा एक घन्टा बढी सुतेर मात्र पुग्दैन । निद्रा महत्त्वपूर्ण छ । सुविधाको हिसाबले यसमा कटौती गर्नु ठीक हुँदैन ।
गत महिना अमेरिकामा भएको अध्ययनले पनि राति पूरा आठ घण्टा सुत्ने विद्यार्थीले परीक्षामा थप राम्रो प्रदर्शन गरे ।
पहिलेभन्दा बढी निद्रा लिएपनि तपाईं सुस्त अनुभव गर्नुहुन्छ भने यो स्वास्थ्य समस्याको संकेत हो ।
त्यसो भए पनि निद्राको समय बढाउनु स्वास्थ्यका लागि राम्रो फैसला हो । सलास भन्छिन्, ‘यो उपचार र औषधिको सबै सीमाभन्दा पर छ ।’
तपाईंको शरीरलाई कति निद्रा चाहिन्छ भन्ने कुरा निश्चित गर्नु र त्यसमा कायम रहनु स्वास्थ्यमा राम्रो लगानी हो । निद्रै मारेर काम सक्नु ठीकै होला तर बाँच्नु त्यसभन्दा झन् राम्रो कुरा हो ।
सलास भन्छिन्, ‘निद्राको कमीका कारण मानिसहरू दुर्घटनाको शिकार भइरहेका छन् । कुनै ब्रेन सर्जन राम्रो निद्राबाट वञ्चित भयो भने के होला ? यो जीवन र मृत्युबीचको अन्तर हो ।’
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...