×

NMB BANK
NIC ASIA

नेपालमा पछिल्लो कोरोना संक्रमण दर २ प्रतिशत

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सरकारले समुदायमा संक्रमण भए /नभएको पत्ता लगाउन पीसीआर परीक्षण र नमुना संकलनको दायरा बढाउने भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमण वृद्धि भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको आंशका बढेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘संक्रमितको संख्या पूर्ण रूपमा घटेको हो /होइन भनेर परीक्षण र नमुना संकलनको दायरा बढाउँछौं।’ अहिले मुलुकका २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ। हरेक दिन झन्डै ४ हजार व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ।

Sagarmatha Cement
Muktinath Bank

 क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको मात्र नमुना लिने गरिएकोमा दायरा विस्तार गर्न लागिएको ईडीसीडीका निर्देशक डा. पाण्डेले जानकारी दिए। कोरोनाको उच्च जोखिमका रूपमा रहेका मुलुकका १० वटा जिल्लामा थप नमुना संकलन लिइने भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण दर २ प्रतिशत


Advertisment
Nabil box
Kumari

असारको पहिलो साता ११ प्रतिशतको हाराहारीमा कोरोना संक्रमणको दर थियो। असार १९ गते संक्रमण दर वृद्धि भई १७ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। असार १९ गते सर्वाधिक सात सय ४० जनामा संक्रमण पुष्टि भएको थियो।

Vianet communication
Laxmi Bank

डा. गौतमका अनुसार अहिले संक्रमण दर २ प्रतिशत रहेको छ। आइतबार आयोजित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले थप ८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। योसँगै मुलुकमा पुष्टि भएका संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

 संक्रमितमध्ये ८ हजार ५ सय ८९ निको भइसकेका छन। यो कुल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता डा. गौतमले बताए। पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जोखिममा दीर्घरोगी

कोरोना भाइरसबाट ज्यान गुमाउनेमध्ये अधिकांश दीर्घरोगी भएको पाइएको छ। हालसम्म कोरोना भाइरसबाट ३८ जनाको मृत्यु भएको छ। डा. पाण्डेका अनुसार, प्रतिशतका आधारमा शून्य दशमलव २१ प्रतिशतको कोरोना भाइरसबाट मृत्यु भएको हो। ज्यान गुमाएको ३८ मध्ये २४ जनालाई केही न केही खालको दीर्घरोग रहेको छ। डा. पाण्डेले भने, ‘दम, क्यान्सर, मिर्गौलाको रोग, कलेजो रोग, रक्सी पिउने व्यक्ति, अरू विभिन्न खालका लक्षण भएका व्यक्तिमा मृत्यु भएको देखिन्छ।’ खासगरी ५० वर्ष माथिका व्यक्ति दीर्घरोगी भएको उनको दाबी छ।

संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन्। शून्य दशमलव तीन प्रतिशत संक्रमितमा मात्र केही लक्षण देखिएको छ। खोकी लाग्ने, ज्वरो आउने र अन्य साधारण खालको लक्षण देखिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम समुदायमा संक्रमण फैलिएको अवस्थामा ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई जोगाउन चुनौती हुने बताउँछन्।

समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन दोस्रो चरणमा असार २५ गतेबाट मुलुकभर ४५ हजार नमुना लिइने तयारी गरिएको छ। त्यसमध्ये काठमाडौंबाट पाँच हजार नमुना संकलन गरिनेछ। जोखिम क्षेत्र पहिचान भएका र सेवा प्रवाह हुने स्थानबाट नमुना लिइने डा. पाण्डेले बताए। त्यस्तै सेरो प्रेभिलेन्स सर्भेमार्फत समुदायमा समस्या कति छ ?  भनी सातै प्रदेशबाट नमुना संकलन गरिने भएको छ। त्यसका लागि भौगोलिक रूपमा हिमाल, पहाड र तराईबाट नमुना लिइनेछ। सबै जिल्लाको प्रतिनिधित्व हुने गरी २१ हजार स्याम्पल लिएर सर्भे गरिने डा. पाण्डेले जानकारी दिए।

ट्राभल हिस्ट्री नभएका संक्रमित

घरबाहिर कतै यात्रा नगरेका व्यक्तिमा समेत संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ।

ईडीसीडीका निर्देशक डा. पाण्डेका अनुसार, समुदायमा संक्रमण भएको आशंकामा उपत्यकाका १२ वटा ठाउँमा नमुना जाँच गरिएको छ। ललितपुरको नक्खुटोल, काठमाडौंको कोटेश्वर, शंखमूल, डिल्लीबजार, टोखा, बूढानीलकण्ठ, कपन, कागेश्वरी मनहरा, भक्तपुरको बोडेलगायत विभिन्न स्थानको नमुना लिइएको थियो। डा. पाण्डेले भने, ‘ सरकारले समुदायमा संक्रमण भए /नभएको पत्ता लगाउन पीसीआर परीक्षण र नमुना संकलनको दायरा बढाउने भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमण वृद्धि भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको आंशका बढेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘संक्रमितको संख्या पूर्ण रूपमा घटेको हो /होइन भनेर परीक्षण र नमुना संकलनको दायरा बढाउँछौं।’ अहिले मुलुकका २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ। हरेक दिन झन्डै ४ हजार व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ।

 क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको मात्र नमुना लिने गरिएकोमा दायरा विस्तार गर्न लागिएको ईडीसीडीका निर्देशक डा. पाण्डेले जानकारी दिए। कोरोनाको उच्च जोखिमका रूपमा रहेका मुलुकका १० वटा जिल्लामा थप नमुना संकलन लिइने भएको छ।

संक्रमण दर २ प्रतिशत

असारको पहिलो साता ११ प्रतिशतको हाराहारीमा कोरोना संक्रमणको दर थियो। असार १९ गते संक्रमण दर वृद्धि भई १७ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। असार १९ गते सर्वाधिक सात सय ४० जनामा संक्रमण पुष्टि भएको थियो।

डा. गौतमका अनुसार अहिले संक्रमण दर २ प्रतिशत रहेको छ। आइतबार आयोजित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले थप ८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। योसँगै मुलुकमा पुष्टि भएका संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

 संक्रमितमध्ये ८ हजार ५ सय ८९ निको भइसकेका छन। यो कुल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता डा. गौतमले बताए। पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जोखिममा दीर्घरोगी

कोरोना भाइरसबाट ज्यान गुमाउनेमध्ये अधिकांश दीर्घरोगी भएको पाइएको छ। हालसम्म कोरोना भाइरसबाट ३८ जनाको मृत्यु भएको छ। डा. पाण्डेका अनुसार, प्रतिशतका आधारमा शून्य दशमलव २१ प्रतिशतको कोरोना भाइरसबाट मृत्यु भएको हो। ज्यान गुमाएको ३८ मध्ये २४ जनालाई केही न केही खालको दीर्घरोग रहेको छ। डा. पाण्डेले भने, ‘दम, क्यान्सर, मिर्गौलाको रोग, कलेजो रोग, रक्सी पिउने व्यक्ति, अरू विभिन्न खालका लक्षण भएका व्यक्तिमा मृत्यु भएको देखिन्छ।’ खासगरी ५० वर्ष माथिका व्यक्ति दीर्घरोगी भएको उनको दाबी छ।

संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन्। शून्य दशमलव तीन प्रतिशत संक्रमितमा मात्र केही लक्षण देखिएको छ। खोकी लाग्ने, ज्वरो आउने र अन्य साधारण खालको लक्षण देखिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम समुदायमा संक्रमण फैलिएको अवस्थामा ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई जोगाउन चुनौती हुने बताउँछन्।

समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन दोस्रो चरणमा असार २५ गतेबाट मुलुकभर ४५ हजार नमुना लिइने तयारी गरिएको छ। त्यसमध्ये काठमाडौंबाट पाँच हजार नमुना संकलन गरिनेछ। जोखिम क्षेत्र पहिचान भएका र सेवा प्रवाह हुने स्थानबाट नमुना लिइने डा. पाण्डेले बताए। त्यस्तै सेरो प्रेभिलेन्स सर्भेमार्फत समुदायमा समस्या कति छ ?  भनी सातै प्रदेशबाट नमुना संकलन गरिने भएको छ। त्यसका लागि भौगोलिक रूपमा हिमाल, पहाड र तराईबाट नमुना लिइनेछ। सबै जिल्लाको प्रतिनिधित्व हुने गरी २१ हजार स्याम्पल लिएर सर्भे गरिने डा. पाण्डेले जानकारी दिए।

ट्राभल हिस्ट्री नभएका संक्रमित

घरबाहिर कतै यात्रा नगरेका व्यक्तिमा समेत संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ।

ईडीसीडीका निर्देशक डा. पाण्डेका अनुसार, समुदायमा संक्रमण भएको आशंकामा उपत्यकाका १२ वटा ठाउँमा नमुना जाँच गरिएको छ। ललितपुरको नक्खुटोल, काठमाडौंको कोटेश्वर, शंखमूल, डिल्लीबजार, टोखा, बूढानीलकण्ठ, कपन, कागेश्वरी मनहरा, भक्तपुरको बोडेलगायत विभिन्न स्थानको नमुना लिइएको थियो। डा. पाण्डेले भने, ‘३ हजार नमुनामध्ये ३ जनामा संक्रमण भएको देखिन्छ। ’

हाल भीडभाड हुने बैंक, मालपोत, कर कार्यालय, ज्वरो नाप्ने स्थान ( फिभर केन्द्र ) र उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट नमुना लिने कार्य अघि बढाइएको छ।३ हजार नमुनामध्ये ३ जनामा संक्रमण भएको देखिन्छ। ’

हाल भीडभाड हुने बैंक, मालपोत, कर कार्यालय, ज्वरो नाप्ने स्थान ( फिभर केन्द्र ) र उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट नमुना लिने कार्य अघि बढाइएको छ। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x