टर्कीमा हाया सोफिया संग्रहालयलाई मस्जिद बनाइएपछि विश्वव्यापी हंगामा

टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनले प्रख्यात हाया सोफियालाई मस्जिद बनाएका छन् । 

विश्वव्यापी रूपमा यसलाई संग्रहालय नै कायम राख्न भने पनि त्यसलाई बेवास्ता गर्दै उनले आफ्नो इस्लामिक राजनीति चम्काएका हुन् । 


Advertisement

टर्कीको उच्च प्रशासनिक अदालतले हाया सोफियाको संग्रहालय हैसियतलाई खारेज गरेपछि इस्लामिक समर्थकहरूले अल्लाह महान् छन् भन्दै नारा लगाए । त्यो वास्तवमा छैठौं शताब्दीमा बनाइएको चर्च थियो । अर्दोआनले त्यसलाई मस्जिद बनाइदिएका छन् । 

फैसला आएको दुई घन्टामा अर्दोआनले धार्मिक मामिला निर्देशनालयलाई उक्त स्थल सुम्पिए । लगत्तै त्यसको मिनारबाट लाउडस्पीकरमा अजानहरू सुनाइन थालियो । 


Advertisement

जुलाई २४ देखि मुसलमानहरूलाई प्रार्थनाका लागि यसलाई खोल्ने उनले बताएका छन् । 

दुई दशकअघिबाट सत्तामा आएका अर्दोआनको इस्लामिक राजनीतिमा यो कदम सही देखिएको छ । अनि यसको विशेष महत्त्व पनि छ । यसलाई टर्कीको पुरानो शत्रु ग्रीसले निन्दा गरेको छ । 
 

अर्दोआनले टर्कीका राष्ट्रवादी मतदातामाझ समर्थन दह्रो बनाउन खोजिरहेका छन् । उनीहरूलाई नयाँ दलहरूले फकाउन थालेकाले अर्दोआन चिन्तामा परेका छन् ।

टर्कीले आफूलाई निर्णायक मुसलमानी शक्तिका रूपमा स्थापित गर्न खोजिरहेको छ । अर्दोआनले सिरियामा हस्तक्षेप गरेका छन्, लिबियाको युद्धको दिशा परिवर्तन गरिदिएका छन् अनि भूमध्यसागरमा ऊर्जा सामग्री नियन्त्रणमा लिने दौडमा देशलाई अघि बढाएका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्