×

NMB BANK
NIC ASIA

चार दिनसम्म पनि पुगेन राहत

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्‍याउन नसकिएको हो ।

Muktinath Bank

दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसलासमेतका खाद्यान्न सकिएको खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकामा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पुर्‍याउन सकिएको हो ।


Advertisment
Nabil box
Kumari

पहिरोले क्षति पुर्‍याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखा तथा मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न सकिने अवस्था छैन । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १ सय ५० भन्दा बढी परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ ।

Vianet communication
Laxmi Bank

पहिरोले धौलागिरिमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । चार जना अझै बेपत्ता छन् ।

पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकालाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरू त्यहीँ सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् । केही स्थानीय दिनभर किरियापुत्रीका साथमा रहने त केही खेतबारीमा काम गर्ने, बस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न आउने गरेका छन् । पहिरोमा सर्वस्व गुमाएकाहरू मानसिक रूपमा समेत विक्षिप्त बनेका स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनले बताए । ‘दिनभर टोलाएर बस्छन्,’ उनले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिको टोली खोज उद्धार सकिएको र पीडित पुनर्बासको दायित्व स्थानीय सरकारको भएको भन्दै प्रभावित क्षेत्रबाट फर्किएको छ । विस्थापित गाँसबासकै समस्याले बिचल्लीमा परेका छन् । घटनाको चौथो दिनसम्म पनि घर, पशुचौपायालगायत भौतिक क्षतिको लगत संकलन हुन सकेको छैन । बाटोघाटो, खानेपानी आयोजना र वडा कार्यालयमा समेत क्षति पुगेको छ । आपत्कालीन सेल्टरमा राखिएका विस्थापित र स्थानीयले वर्षेमूलको पानी पिउन बाध्य छन् ।

उता, संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका ७९ परिवारका ३ सय ४९ जना डेढ घण्टा टाढा शेर्पा गाउँको गुम्बा र केही स्थानीयका घरमा बसेका छन् । उनीहरूका लागि प्रदेश १ सरकारले व्यवस्था गरेको राहत सामग्री लिएर इटहरीस्थित सेनाको पूर्वी पृतनाबाट हेलिकप्टर जाने खबर स्थानीय प्रशासनलाई थियो । त्यसैले स्थानीय प्रशासनले राहत पठाउने विकल्प सोचेन ।

‘मौसम खराब भएकाले हेली आएन, खानलाई चामल छैन । भएको आलु र मकै हो,’ सिलिचोङ–१ का वडाध्यक्ष अलक्षकुमार राईले भने, ‘राहत ल्याउन मोटरबाटो छैन । वर्षाको बेला छ, मौसम खुल्दैन, कुहिरो लागिरहन्छ ।’ पहिरोपीडितहरू हतारहतार भाग्दा धेरैले लगाउने लुगा पनि बोक्न नपाएको उनले बताए । ‘राहत सजिलै आइपुग्ला भन्ने आस छैन, भोकमरी लाग्ने अवस्था छ,’ उनले भने ।

बेसिन्दाका पहिरोपीडितलाई राखिएको चित्रे भन्ने ठाउँ पुग्न सदरमुकाम खाँदबारीबाट कस्सिएर हिँड्दा एक दिन पूरै लाग्छ । मोटरबाटो पुगेको छैन । पहिरोको खबर आएपछि सदरमुकामबाट आइतबार हिँडेको सेना, सशस्त्र र प्रहरीको थप उद्धार बल सोमबार दिउँसो ४ बजे मात्र घटनास्थल पुगेको छ ।

बाढीपहिरोमा परी जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र संखुवासभामा गरी करिब १७ सय घरपरिवार विस्थापित छन् । जाजरकोटमा प्रदेश सरकारले राहत पुर्‍याउन तदारुकता देखाए पनि अरू जिल्लामा स्थानीय तहकै भरमा उद्धार र राहतका काम भइरहेका छन् । तिनका लागि तत्कालीन राहतको प्रबन्ध स्थानीय तहले गरे पनि प्रदेश र संघीय सरकारको राहत कहिले आउँछ भन्ने आसमा जनप्रतिनिधि छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिन भन्छिन्, ‘हामीकहाँ १ सय २० घर विस्थापित छन् । तत्कालको राहत त बाँड्दै छौं, तर स्थानीय तहको बलले मात्रै उनीहरूलाई पुनःस्थापित गराउन सकिने अवस्था छैन ।’

सिन्धुपाल्चोकका दुई स्थानीय तहमा गरी बाढीपहिरो प्रभावित परिवारको संख्या चार सय हाराहारी छ । ‘बाटो बिग्रिएको छ, जताततै पहिरोको डर छ,’ पाख्रिनले भनिन्, ‘हामीलाई प्रदेश र संघ सरकारको सपोर्ट नहुने हो भने राहत र उद्धारको काम स्थानीय तहको बलले मात्रै गर्न सकिँदैन ।’ तत्कालका लागि खानेकुराको प्रबन्ध स्थानीय तहले मिलाएको भए पनि सहज बसोबास र दीर्घकालीन राहतका लागि के गर्ने भन्ने छलफल हुनै बाँकी रहेको उनले बताइन् ।

जाजरकोटको बारेकोटमा बिहीबार र शुक्रबार बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भयो । चार जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोको जोखिममा परेका करिब ३ सय परिवार आफ्नो थातथलोबाट विस्थापित छन् । उनीहरूलाई विद्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । कतिपय परिवारले आफन्तकहाँ शरण लिएका छन् । ‘प्रारम्भिक रूपमा केही खाद्यान्न र टेन्टहरू वितरण गरिएको छ,’ उनले भने । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले रेडक्रसमार्फत राहत सामग्री पुर्‍याउने निर्णय गरेको छ ।

आइतबार नेपाली सेनाको हेलिकप्टरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चामल, च्युरासहित स्वास्थ्य सामग्री लिएर घटनास्थल पुगेका थिए । कर्णाली प्रदेश सरकारले आइतबार र शनिबार हेलिकप्टरबाट खाद्य सामग्री र त्रिपाल पठाएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले शनिबार नेपाली सेनाको सानो हेलिकप्टरमा च्युरा, चाउचाउ र टेन्टहरू पठाइएको बताए । घनश्याम खड्काले कान्तिपुर दैनिकमा खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x