लकडाउनको ३ महिनामा १२४ महिला बलात्कृत

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

लकडाउनको अवधिमा गत चैत ११ गतेदेखि असार १० गतेसम्म देशैभर १२४ जना महिला बलात्कृत भएको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ ।

बलात्कारका घटनामा १२४ जना, बलात्कार प्रयासका घटनामा ३६ जना, यौन दुर्व्यवहारका घटनामा १७ जना, घरेलु हिंसाका घटनामा २५४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ४ जना र बोक्सीको आरोपमा १ जना महिला पीडित भएको इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले बताए ।


Advertisement

‘लकडाउनका ३ महिनामा राज्यपक्षबाट ३ जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार ११९ जना पीडित भएका छन् । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भए,’ उनले भने, ‘यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, ५ जनालाई धम्की दिइएको, ११२ जना घाइते भएको, १०२ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, २ जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएका छन् ।’

लकडाउनका ३ महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको उनको भनाई छ । अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी दुव्र्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमा नै सुरक्षा प्रदान नगरिएको भनी आलोचना भएको उनले बताए ।


Advertisement

‘लकडाउनका कारण लामो समय विद्यालय जान नपाएको र शैक्षिक गतिविधि अवरुद्ध हुँदा बाल अधिकारका सवालमा समस्या भएको पाइयो । ३ महिनाको अवधिमा १८७ बालिकामाथि बलात्कार, ७५ बालिकामाथि यौन दुर्व्यवहार र बेचबिखन तथा ओसारपसार घटनामा ४ जना बालिका पीडित भए,’ उनले भने ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्