×

NMB BANK
NIC ASIA

कूटनीतिमा खेलबाड

प्रधानमन्त्री ओलीको बेमौसमी बोली : आज जति घोच्यो, त्यति नै दुख्छ भोलि !

परराष्ट्रविद्हरू भन्छन्– 'यो अभिव्यक्ति टिप्पणी गर्न लायक पनि छैन'

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि अयोध्या नेपालको पर्सा जिल्लास्थित ठोरीमा पर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर दुवै देशमा तरंग उत्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री ओली भारतमा लामो समयदेखि हिन्दू र मुस्लिमबीच चलिरहेको अन्त्यहीन विवादमा व्यर्थै प्रवेश गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

उनले त्यतिमात्र भनेनन्, अयोध्या नेपालमै रहेको भन्दै तर्क समेत पस्किए । त्यही अयोध्या जुन भारतमा राजनीतिक उथलपुथलको केन्द्र बनिरहेको छ, त्यसमाथि प्रधानमन्त्री ओलीले आक्रमण गरे ।

Vianet communication
Laxmi Bank

ओलीको अभिव्यक्तिलाई लिएर भारतमा त चर्को विरोध भइरहेको छ नै उनकै पार्टीका नेताहरूले समेत असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले उक्त अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न सुझाव दिएका छन् ।

अयोध्यालाई भारतमा धार्मिक, सांस्कृतिक या सामाजिक हिसाबले मात्र लिइँदैन, राजनीतिक केन्द्रका रूपमा लिइन्छ ।

के भनेका थिए प्रधानमन्त्री ओलीले?

हामी अलिकति सांस्कृतिक हिसाबले मिचिएका छौं । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौं, हामीले सीता भारतका राजकुमार रामलाई दियौं ।

भारतका होइन, अयोध्याका (राजकुमार)लाई दिएका थियौं हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ । हाम्रोमा विवादै गर्नुपर्दैन ।

(हातको सार लगाउँदै) जनकपुर त्यहाँ,  अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा । बाल्मिकी आश्रम त्यहाँ र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका । श्रृंग ऋषि ।

त्यसकारण सन्तानपनि भारतीयका हुँदै होइनन् । ठाउँपनि भारतीय होइन । बाल्मिकी आश्रम त्यहीँ छ । समय-समयमा आएर शिक्षा लिने/दिने बाल्मिकी आश्रम त्यहाँ छ र जनकपुर त्यहाँ छ ।

यहाँको जनकपुर उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, कहिले के गर्‍या छ । त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल, कताबाट थाहा होस् । थाहा हुन पनि सम्भव थिएन ।

नजिकै भइदियो, सजिलैसँग बिहे भयो होला । तर त्यो इतिहास बहस गरिसाध्ये छैन ।

के हो अयोध्याको बाबरी मस्जिद र राम मन्दिरको विवाद ?

भारतको अयोध्यामा १६औं शताब्दीमा बनेको बाबरी मस्जिदलाई सन् १९९२ मा हिन्दूहरूको समूहले भत्काइदिएपछि भएको दंगामा २ हजारभन्दा बढी मान्छेको ज्यान गयो । बीबीसीले केही महिनाअघि प्रकाशित गरेको समाचार प्रतिवेदनमा १९९२ को दंगापछि हिन्दूहरूले मस्जिद भएको ठाउँमा भगवान रामको मूर्ति स्थापना गरेर पूजापाठ गर्न थाले ।

त्यसयता अयोध्यामा हिन्दू-मुस्लिमबीच सयौं सानाठूला दंगाहरू भए र हजारौंले ज्यान गुमाए । हिन्दूहरूले त्यहाँ १६ औं शताब्दीभन्दा पहिला राममन्दिर रहेको र मुस्लिम शासकहरूले आक्रमण गरेर मस्जिद बनाएको मान्यतामा विश्वास गर्छन् भने मुस्लिमहरूले त्यहाँ मस्जिद नै रहेको र आफ्ना पूर्वजहरूले प्रार्थना गर्दै आएको बताउने गरेका छन् ।

इलाहवाद हाइकोर्टले ९ नोभेम्बर २०१९ मा एक फैसला सुनाउँदै बाबरी मस्जिदको गुम्बज भएको जमिन (२ दशमलव ७ एकड) हिन्दूहरूलाई दिने फैसला गर्‍यो । सर्वोच्चको फैसलामा भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भत्काइएको बाबरी मस्जिदमुनि भेटिएको जनाएको बताइएको छ ।

उक्त सर्वेक्षणको नतिजा 'कार्बन डेटिङ' लगायत उच्चस्तरीय प्राविधि प्रयोग गरेर निकालिएको थियो ।

रामको जन्मभूमि अयोध्यालाई लिएर भारतमा ठूलो राजनीति भइरहेको छ । अहिलेको सत्तारूढ दल भारतीय जनता पार्टी (बीजेपी)को एउटा चुनावी एजेण्डा अयोध्यामा राममन्दिर बनाउने थियो ।

हाइकोर्टले पनि बीजेपीकै मान्यतालाई सदर गरिदिएको छ । भारतको सत्तामा बीजेपीको 'शानदार' उदय हुनुमा अयोध्याको बाबरी मस्जिद प्रकरणले ठूलो भूमिका खेलेको छ ।

ओलीले अयोध्या नेपालमा पर्छ भनेर गरेको दाबी खोज र अनुसन्धानको विषय हुनसक्छ, तर अनुसन्धानबाट पुष्टि नभई कुनै देशको प्रधानमन्त्रीले अर्को देशको धार्मिक आस्थामाथि प्रहार गर्दै दिएको अभिव्यक्तिले नेपाल-भारतबीचको कूटनीतिक सन्तुलनलाई क्षति पुगेको भन्दै कतिपय कूटनीतिज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।​

ओलीको वक्तव्यको भाजपाले गर्‍यो भर्त्सना

ओलीले दिएको अभिव्यक्ति विवादित भन्दै भाजपाले निन्दा गरिसकेको छ । टाइम्स अफ इन्डियाको समाचारमा जनाइएअनुसार भाजपाका राष्ट्रिय प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतका वामपन्थीहरूले समेत भारतीय जनताको आस्थामाथि खेलेको बताउँदै नेपालका कम्युनिस्ट पार्टीको व्यवहार पनि उस्तै रहेको बताएका छन् ।

ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान् राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलबाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा अरू जो कोही !’

यद्यपि कतिपय भने ओलीको विवादित वक्तव्यलाई सही भन्दै सामाजिक सञ्जालमा समर्थनमा उत्रिएका छन् । उनीहरूले मोदीले बुद्ध भारतमा जन्मेको भन्न हुने तर राम नेपालमा जन्मेका हुन् भन्न नहुने ? भन्दै प्रश्न गरेका छन् ।

बुद्ध नेपालमै जन्मेका हुन् भन्ने तथ्य स्थापित वैज्ञानिक तथ्य भए पनि राम नेपालमा जन्मेका हुन् भन्नेमा कुनै खोज र अनुसन्धान भएको छैन ।

जनकपुरमा भने मोदीसँग 'चोचोमोचो'

ओलीको बोलीले दुई देशबीचको जनस्तरको सम्बन्धलाई नै प्रभावित पार्ने गरी विवाद निम्त्याएको छ ।

प्रत्येक वर्ष भारतको अयोध्याबाट स्वयम्बरका लागि रामभक्तहरू नेपालको जनकपुर आउने गर्छन् ।

नेपाल-भारतबीचको यस्तो जनस्तरको सम्बन्ध शताब्दीऔं पुरानो हो ।

२०७५ सालको वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरबाट संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन गरे । उद्घाटन गर्दै ओलीले भनेका थिए, 'भर्खरै रामजानकी विवाह सम्पन्न भयो । अहिलेसम्म पनि यो परम्परा छ । अयोध्याबाट बारात आउँछ, यहाँबाट जानकी बिदाइ गरिन्छ । आज भारतीय प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदी त्यस परम्परालाई माथि उठाउन र महत्त्व दिन यस पवित्र भूमिमा आउनुभएको छ ।'

उनले त्यतिबेला भनेको अयोध्या भारतकै अयोध्या हो । ओली र मोदी दुवैले जनकपुर–अयोध्या जोड्ने रामायण सर्किटको उद्घाटन त्यतिबेला गरेका थिए । सर्किट उद्घाटनका क्रममा दुई देशका प्रधानमन्त्रीले भगवान् रामको जन्मभूमि अयोध्या जाने यात्रु बसलाई पनि हरियो झण्डा हल्लाएर बिदाइ गरेका थिए । 

ओलीले सोमवार दिएको वक्तव्य कूटनीतिक मर्यादाअनुकूल नभएको, नेपालको आन्तरिक राजनीतिमा भारतलाई जबर्जस्ती खिच्ने प्रयास भएको र खोज अनुसन्धान नै नभएको विषयलाई उचालेर नेपाल-भारतबीच कमजोर बनेको कूटनीतिक सम्बन्धलाई अझै कमजोर बनाउने अभिप्राय लक्षित रहेको आरोप कूटनीतिज्ञहरूले लगाएका छन् ।

यद्यपि ओलीले भारतविरुद्ध गैर-कूटनीतिक अभिव्यक्ति दिएको पहिलोपटक होइन ।

भारतको भय देखाएर सरकार टिकाउने दाउ !

ओली भारतविरुद्ध खनिन थालेको यो पहिलोपटक होइन ।

गत असार १४ गते स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा भारतीय राजदूतावास आफ्नो सरकार ढलाउन सक्रिय भएको आरोप लगाएका थिए ।

ओली अध्यक्ष रहेको दल नेकपाको जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग्न थालिएपछि उनी अत्तालिएका थिए ।

आफ्नो राजीनामा माग्नेहरूलाई उनले भारतीय इशारामा चलेको देखाउन खोज्नु गम्भीर कूटनीतिक गल्ती थियो । ओलीको त्यही वक्तव्यपछि पार्टी बैठकमा उनको राजीनामा माग्नुपर्ने मत बलियो हुँदै गयो ।

बहालवाला सरकार प्रमुखबाट छिमेकी देशको दूतावास आफूविरुद्ध परिचालन भएको अभिव्यक्ति आउनु नेपालको इतिहासमा मात्र होइन, विश्वकै इतिहासमा दुर्लभ मानिन्छ ।

अनौपचारिकरूपमा नेपालको सरकार ढाल्न भारतले प्रयास गरिरहेको चर्चा चल्ने गरेको भएपनि बालुवाटारमै तामझामका साथ आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले नितान्त गैर-कूटनीतिक अभिव्यक्ति दिएका हुन् ।

भारतको राष्ट्रिय चिह्नमाथि प्रश्न !

सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गत जेठ ६ गते प्रतिनिधि सभा बैठकमा ओलीले भारतीय निशान छापमा लेखिएको शब्दको व्याख्या गर्दै भारतसँग सत्यमेव जयते की सिंहमेव जयते ? भनेर प्रश्न गर्ने बताए ।

‘नेपालको नक्सा जारी गरेपछि जे लक्षण देखेका छौं, सहज हुनेवाला छैन । भारतको प्रतीक चिह्न छ, अशोकाले बनाएको प्रतीकमा चारतिर फर्किएको सिंह छ । त्यसको तल लेखिएको छ सत्यमेव जयते । म सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहमेव जयते ?’ ओलीले भने, ‘हामी विश्वास गर्छौं, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्दछौं, सत्यमेव जयते ।’ 

भारतको राष्ट्रिय चिह्नमाथि ओलीले गरेको टिप्पणी पनि गैर-कूटनीतिक रहेको भन्दै ओलीको आलोचना भएको थियो ।

जसरी नेपालको राष्ट्रिय चिह्न भारतीय नेता अथवा सरकारी अधिकारीहरूको टिप्पणीको विषय बन्न सक्दैन, त्यसैगरी ओलीले भारत या अन्य देशको निशान छापमाथि यस्तो खालको गम्भीर टिप्पणी गर्नु गैर-कूटनीतिक मानिन्छ ।

भारतीय कोरोना भाइरस चीनको भन्दा घातक रहेको विवादित अभिव्यक्ति !

सोही दिन उनले संसदमै भारतबाट आएको कोरोना भाइरस बढी घातक रहेको अभिव्यक्ति दिए ।

विश्वभरि नै महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका बारेमा कुनै एउटा देशलाई लक्षित गर्दै बढी घातक र कम घातक भन्नु पनि कूटनीतिक मर्यादाविपरीत थियो ।

जसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरसभन्दा दुई देशबीच तनावको अवस्था सिर्जना भएको थियो, त्यसैगरी ओलीले भारतीय कोरोनाभाइरस बढी घातक भनेर टिप्पणी गरिरहँदा भारतीय संस्थापन पक्षका नेताहरूले त्यसको जमेर आलोचना गरे ।

भारतमा ओलीको अभिव्यक्तिलाई लिएर ठूलो मिडियाबाजीसमेत भयो ।

वास्तवमा कोरोना भइरसको उद्गमस्थल नै कहाँ हो भन्ने विषय अहिलेसम्म खोजीकै क्रममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले भारतमा फैलिएको कोरोनाभाइरस बढी घातक भनेर अहिलेसम्म औपचारिक वक्तव्य दिएको छैन ।

यद्यपि कोरोना संक्रमणका हिसाबले भारत अहिले तेस्रो स्थानमा छ ।

कर्कश र अप्रिय शब्दले कूटनीतिक क्षति !

नेपाल–भारत सम्बन्धका जानकार तथा कूटनीतिज्ञहरूले नेपाल र भारतको कूटनीतिक सम्बन्धलाई प्रधानमन्त्रीको कर्कश र अप्रिय शब्दले क्षति पुर्‍याइरहेको टिप्पणी गरेका छन् ।

जेनेभास्थित राष्ट्रसंघीय नियोगहरूका लागि नेपालका पूर्व राजदूत डाक्टर दिनेश भट्टराई ओलीले चाहिने-नचाहिने कुरा बोल्दै हिँड्नुको सट्टा भारतसँग वार्ताका लागि कूटनीतिक पहल गर्नुपर्ने बताउँछन् ।

'अभूतपूर्व राष्ट्रिय एकता खडा भएका बेलामा उहाँले वार्ताका लागि काम त गर्नुभएन नै, व्यावहारिकरूपमै जमिन फिर्ता ल्याउने कुनै पहल समेत गरेको देखिएन । पहल गर्ने इन्स्ट्रुमेन्ट पनि उहाँसँग भएन कि ?' भट्टराईले लोकान्तरसँग भने ।

उनले ओलीले समग्र राज्यसत्तालाई नै डरमा राखेको टिप्पणी गरे ।

'उहाँका सल्लाहकार पनि उहाँसँग डराउने, राज्य नै डराउने । मन्त्रीहरू पनि केही भन्न डराउँछन् । सबैलाई डरमा राखिरहनुभएको छ । केही इन्फर्मेसन थियो भने कुरा एउटा हो । प्रधानमन्त्रीले पक्का नभइकन बोल्नुहुँदैन । प्रधानमन्त्री हाम्रो अन्तिम आवाज हो । उहाँले बोलेपछि डिप्लोम्याटिक भइहाल्छ । किन बोलेको होला ?'

सीमा विवादका बारेमा भारतले वार्ता गर्न नचाहेकाले आफू टाढै बसेर भारतलाई गाली गर्ने र राष्ट्रवादी बनिरहने भनेर प्रधानमन्त्रीले सोचेको हुन सक्ने उनले बताए ।

भट्टराईले भने, 'आफूलाई हटाउन भारत लागिपरेको भनेकै छन् । भारतलाई गाली गरे राष्ट्रवादी भइन्छ र सत्तामा अलि लामो समय टिकिरहन सकिन्छ कि भन्ने सोच होला !'

ओलीको बोली टिप्पणी गर्न लायक छैन !

डा. भट्टराईले प्रधानमन्त्रीको भनाइ खासै टिप्पणी गर्न लायक नरहेको लोकान्तरलाई बताए ।

'गुगल हेरेर बोलेको हो कि ? यत्तिको मनपरि त बोल्न नहुने । अहिले मनपरी बोल्दै हिँड्ने, भोलि जनताले कूटनीतिक क्षति भोग्नुपर्ने अवस्था देखिएको छ,' उनले भने ।

ओलीको बोली टिप्पणी गर्न लायक नै नभएको अन्तर्राष्ट्रिय सम्बन्ध विषयका जानकार डा. खड्ग केसीको समेत भनाइ छ ।

'प्रधानमन्त्रीका अभिव्यक्तिहरू टिप्पणी गर्न लायक छैनन्,' डा. केसीले लोकान्तरसँग भने, 'यस्तो बोल्दै नहिँडे हुन्थ्यो भन्ने प्रार्थना मात्र छ मेरो । सत्तामा रहेका व्यक्तिले बोलेको आधिकारिक हुन्छ, यसमा संयमता अपनाउनुपर्ने जरुरी छ ।'

देशकै बेइज्जत भो, पार्टीले लगाम लगाउनुपर्छ !

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीका अभिव्यक्तिहरूले देशकै बेइज्जत गरेको टिप्पणी गरे ।

'प्रधानमन्त्रीले बोलेका कुरा सुन्दा पनि हामीलाई कस्तो कस्तो लागिरहेको छ । अलिकति सत्यतथ्यमा आधारित कुरा बोल्नुपर्ने हो,' उपाध्यायले भने, 'यति सतही, यति हल्का कुरा बोलेका छन्, जसले कूटनीतिक सम्बन्धमै असर परिरहेको छ ।'

उनले ओलीका अभिव्यक्तिहरू असक्षम मानसिकताको उपज रहेको आरोप लगाए ।

'यो प्रधानमन्त्री ओलीको असक्षम मानसिकताको उपज हो । देशको मामिलामा जे बोलेपनि भयो, पानी जहाज भनेपनि भयो, ग्यास पाइपलाइन भनेपनि भयो, तर अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारमा असर पर्नेगरी बोल्दा देशकै बेइज्जत भयो । कसैले हामीलाई सोध्यो भने के भन्ने ?' उनको प्रश्न छ ।

उनले प्रधानमन्त्रीका सन्दर्भमा नेकपाले गम्भीर विचार गर्नुपर्ने अवस्था आएको बताए । 'पार्टीले गम्भीररूपमा लिनुपर्छ यसलाई,' उनले भने, 'यसबाट उहाँकै पार्टी, देश तथा जनताको भलो हुँदैन ।'

संयुक्त राष्ट्रसंघका लागि पूर्व नेपाली राजदूत डा. जयराज आचार्यले ओलीले मनपरी बोल्दै हिँड्दा त्यसको परिणाम जनताले भोग्नुपर्ने बताए । 'हद भएको छ,' उनले भने, 'यिनले मनपरी बोल्ने, भोग्ने चाहिँ हाम्रो अर्को पुस्ताले हो । भावी सरकारहरू, भावी जनता शत्रुताको सम्बन्धमा फसेर केही गर्न नसक्ने स्थितिमा पुग्छन् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x