कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
असार ३०, २०७७
काठमाडौंको ह्याम्स अस्पतालमा निर्देशिकाविपरीत कोरोनाका बिरामी भर्ना गरेको पाइएको छ ।
कोरोनाभाइरस (कोभिड– १९) का बिरामीलाई निजी अस्पतालमा राखेर उपचार गर्नेगरी हालसम्म कुनै निर्देशका वा कार्यविधि बनेको छैन ।
कोरोनका बिरामी राखेर उपचार गर्ने गरी कुनैपनि अस्पतालले मापदण्ड पूरा गरेका पनि छैनन् ।
सरकारले काठमााडौं उपत्यकाभित्र वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), विषेश कोरोना अस्पतालका रूपमा विकसित गरिएको सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु र ७ वटा प्रदेशका कोरोना विषेश अस्पतालबाहेक अन्य अस्पतालमा कोरोनाका बिरामी राख्न पाउने व्यवस्था छैन । तर स्वास्थ्य मन्त्रालय आफैँले काठमाडौंको ह्याम्स अस्पतालमा भने आफ्नै निर्देशिकाविपरीत कोरोनाका बिरामी राख्न दिएको छ ।
ह्याम्स अस्पतालले असार २२ गते कोरोना पुष्टि भएका नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना कर्मचारीलाई भर्ना गरेको छ ।
अहिलेसम्म सरकारले तोकेका अस्पताल र कोरोना राख्ने विषेश अस्पतालबाहेक अन्य निजी अस्पतालमा कोरोनाका बिरामी राख्न पाउने व्यवस्था छैन ।
नेपाल एयरलाइन्सका बिरामीलाई पहिला कोरोना विषेश अस्पताल बलम्बुमा लगिएको थियो । त्यहाँ पाइलट र नेपाल एयरलाइन्सका कर्मचारीले सेवा राम्रो नभएको भनेपछि मन्त्रालयले ह्याम्स अस्पतालमा राख्न दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यपाक डाक्टर जागेश्वर गौतमले स्वीकारे ।
‘एपीएफको अस्पतालमा सेवा सुविधा थोरै भएकाले ह्याम्स अस्पतालमा जान दिनुपर्छ भन्ने माग गरे । त्यहाँको सबै खर्च एयरलाइन्सले बेहोर्छ भन्नुभएपछि हामीले जान दिएका हौं,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने ।
अन्य अस्पतालमा कोभिडका बिरामी राख्ने ठाउँको अभाव भएकाले उनीहरूलाई निर्णय गरेर भन्दा पनि आवश्यकताका आधारमा जान दिएको गौतमको तर्क छ ।
उनीहरूको पीसीआर टेस्ट भने मान्यता प्राप्त ल्याबमा नै गराउने पर्ने उनले बताए ।
पैसाका लागि निर्देशिकाविपरीत कोभिडका बिरामी भर्ना गरेर ह्याम्स अस्पतालले नन् कोभिड बिरामीलाई जोखिममा पारेको छ ।
सरकारले पनि पहुँचका आधारमा त्यसरी अन्य अस्पतालमा बिरामी राख्दा अरूलाई पनि सर्ने जोखिम हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
अन्य अस्पतालमा कोरोनाका संक्रमित देखिँदा अस्पतालका सम्बन्धित विभाग वा अस्पताल नै सिल गरेर कोरोना टेस्ट गरिराखेको अवस्थामा ह्याम्स अस्पताललाई भने विषेश स्थान नछुट्ट्याइ कोरोनाका बिरामी राख्न दिएर आमजनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको देखिन्छ ।
निदान अस्पताल, टिचिङ अस्पतालमा कोरोना संक्रमण पुष्टि हुँदा त्यहाँ अस्पताल र विभाग नै सिल गरेर कोरोना परीक्षण गरिएको थियो । तर ह्याम्समा भने अन्य रोगका बिरामी र कोरोनाका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा सरकार समेत साक्षी बनेको छ ।
ह्याम्स अस्पतालमा उपचार गर्न गएका अन्य बिरामीले आफूहरूलाई पनि कोरोनाको जोखिम भएको गुनासो गरेका छन् ।
‘यहाँ कोरोनाका बिरामी र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार भइरहेको छ, यसले गर्दा हामीलाई जोखिम भएको छ,’ ह्याम्समा उपचारत एक बिरामीले लोकान्तरसँग भने ।
ह्याम्स अस्पताल प्रशासनले पनि कोरोनाका बिरामी भर्ना गरिएको स्वीकारेको छ । तर ती बिरामीहरू डिस्चार्ज भइसकेको उसको दाबी छ ।
यद्यपि उसको दाबी विश्वास गर्न योग्य देखिन्न । यदि डिस्चार्ज गरिएको हो भने त्यो झनै ठूलो खेलबाड हुने निश्चित छ ।
डब्लूएचओको मापदण्ड र नेपालसहित विभिन्न मुलुकले अपनाएको मोडलअनुसार कोरोनाका बिरामीलाई कम्तिमा १४ दिन आइसोलेसनमा राखेर मात्र डिस्चार्ज गर्न सकिन्छ ।
यदि त्यो भन्दा पहिलो डिस्चार्ज गर्ने हो भने लगातार २ पटकसम्म परीक्षण गर्दा कोरोना पुष्टि हुनुहुँदैन ।
नेपाल एयरलाइन्सका उडान कर्मचारीमा यही असार २२ गते कोरोना पुष्टि भएको थियो, आज जम्मा ८ दिन भएको छ । त्यसहिसाबले यति चाँडै डिस्चार्ज गर्न मिल्दैन ।
यदि लगातार २ पटक परीक्षण गर्दा कोरोना पुष्टि नभएको हो भने कहाँ परीक्षण गरिएको हो भन्ने सहितको जानकारी अस्पतालले दिनुपर्ने हुन्छ, जुन कुराको जानकारी दिन अस्पताल प्रशासन मान्दैन ।
ह्याम्स अस्पतालले कोरोनाका बिरामी डिस्चार्ज भइसकेको दाबी गरेपनि स्वास्थ्य मन्त्रालय भने त्यसमा जानकार समेत छैन ।
परीक्षणको समेत अनुमति छैन ह्याम्सलाई !
स्वास्थ्य मन्त्रालयले उपत्यकाका ४ वटासहित ६ वटा निजी ल्याबलाई कोरोना परीक्षणको अनुमति दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौंका ४ र बुटवल तथा नेपालगञ्जका १/१ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको थियो ।
काठमाडौं उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाइग्नोस्टिक ल्याब, लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयर र उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याब तथा नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।
अनुमति पाएका ल्याब र अस्पतालले आफैंले स्वाब संकलन गर्न भने पाउँदैनन् । सरकारले संकलन गरेर दिएको स्वाब मात्र परीक्षण गर्न पाउने गरी अनुमति दिइएको छ ।
कूटनीतिक नियोगका पदाधिकारीहरूको हकमा भने आफैँ स्वाब संकलन गरेर सरकारले तोकेको शुल्क ५ हजार ५ सय रुपैयाँ लिई कोरोना परीक्षण गर्न पाउने अनुमति छ ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...