नक्कली भ्याट बिलः दुई कम्पनीविरूद्ध ३७ करोड बिगोसहित मुद्दा

फाइल फोटो।

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा दुई कम्पनीविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। 

विभागले काठमाडौंमा रहेको युनिक वाइड इन्टरनेशन र न्यू युनिक इन्टरनेशनलविरूद्ध ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। 


Advertisement

ती कम्पनीका सञ्चालकलाई उक्त बिगो रकम असुल गरी जरिवाना तथा कैद सजायसमेत माग गरिएको छ।
 
 कम्पनीले मूल्य अभिबृद्धि करतर्फ १२ करोड ४२ लाख २८ हजार ६१७, आयकर २२ करोड ८० लाख ५९ हजार ३ सय ९ र लाभांश कर दुई करोड ५७ लाख ४० हजार ७ सय ७३ रुपैयाँ राजश्व चुहावट गरेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्