नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विदा गर्न नेकपाका नेताहरुसँग माग गरेका छन्।
प्रम ओलीका कामकारबाही र अभिव्यक्ति विवादमा आउने क्रम चलिरहेका बेला पूर्वस्वास्थ्यमन्त्री थापाले मंगलबार राति लगातार चार ट्वीट गरेर प्रम ओलीको राजीनामा मागेका हुन्।
उनले लेखेका छन्,‘कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र। नेकपाका साथीहरू राजनीतिक होइन भनेर नपन्छिनोस्,अब खड्गप्रसाद ओलीलाई प्रमबाट विदा गर्नोस्।
प्रधानमन्त्रीको सोमबारको ‘अयोध्या’ सहित यसअघिका अभिव्यक्ति नेकपाको आन्तरिक किचलोमा ओलीले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट रहेको उनले दाबी गरेका छन्।
उनले भनेका छन्, ‘प्रमलाई राम्रोसँग थाहा छ। यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।’
यसले प्रम ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट हुने थापाले बताएका छन्। ‘आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं,’ उनले भनेका छन्।
.@PM_Nepal को अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले"जे पनि बोल्ने"प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ।मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।1/4
— Gagan Thapa (@thapagk) July 14, 2020
प्रमलाई राम्रोसंग थाहा छ;यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई'कथित राष्ट्रवादी'बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।2/4
— Gagan Thapa (@thapagk) July 14, 2020
यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ।आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।3/4
— Gagan Thapa (@thapagk) July 14, 2020
प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो।कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!नेकपाका साथीहरू!राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।4/4
— Gagan Thapa (@thapagk) July 14, 2020
लोकान्तर संवाददाता