×

NMB BANK
NIC ASIA

कारागारमा खानेपानीको हाहाकार, फोहरले कैदीबन्दी बिरामी

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् ।

Muktinath Bank

जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो ६ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको हाहाकार मच्चिएको हो । गत बुधवारदेखि सोमवार बिहानसम्मको लगातारको वर्षासँगै बगेर आउने पानी कारागारभित्र ३ फिट जमेको छ । जमेको फोहर पानीको निकास नहुँदा आपूmहरू बिचल्लीमा परेको कैदीबन्दीको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

‘चापाकल चलाउने ह्याण्डिल पानीले छोपेको छ, कक्षमा बाहिरबाट छिरेको हिलो लेदोमै बस्नुपरेको छ,’ पुरुष कक्षका एक कैदीबन्दीले भने, ‘खानेपानीको हाहाकारसँगै फोहर पानीले थुप्रै साथी बिरामी भएका छन् ।’

Vianet communication
Laxmi Bank

रेडक्रस महोत्तरी शाखाले सोमवार उपलब्ध गराएको २०० बोतल पानीले घाँटी भिजाइरहेको कैदीबन्दीको भनाइ छ । अहिले बाहिरबाट दाताहरूले ल्याइदिने पानी नै आपूmहरूको घाँटी भिजाउने सहारा भएको कैदीबन्दी बताउँछन् ।

सोमवार मध्याह्नपछि पानी थामिएर घाम लाग्न थालेपछि कारागारभित्र पानीको सतह घट्दै गए पनि पानी अझै सुकेको छैन । यद्यपि अब कारागारभित्रका चापाकल चालु गरिने गरी काम भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र पसेको शहरको फोहरपानीले कैदीबन्दीमा फोहर खटिरा उछ्रेको, लुतोले सताएको र अन्य छालाजन्य रोग बढेको छ ।

फोहर पानीले भिज्दा कारागारका १५० भन्दा बढी कैदीबन्दी ज्वरो–खोकीले थलिँदै गएको कारागारका निमित्त प्रमुख (जेलर) मक्सुधन महासेठले नै स्वीकार गरे ।

विक्रम संवत् १९१३ सालमा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले निर्माण गराएका १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुषकक्षमा ४९५ र महिला कक्षमा ४ आश्रित बालबालिका (आमासँगै आएका ५ वर्षमुनिका बालबालिका) सहित ५० गरी ५४५ कैदीबन्दी छन् । सधैंजसो न्यायिक निकायले कैदी र बन्दी (थुनुवा) पठाइरहँदा बसाइ व्यवस्थापन अत्यन्त कठिन बनेको कारागारका निमित्त प्रमुख महासेठ बताउँछन् ।

‘हामीले गहिरो ठाउँमा रहेको कारागारबाट बाहिर फोहर निस्कने ढल व्यवस्थापनका लागि जलेश्वर नगरपालिका र आफ्नै उपल्लो निकायलाई घच्घच्याइरहेका छौं,’ महासेठले भने, ‘तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।’ 

कैदीथुनुवा थपिँदै जाने र बसाइ व्यवस्थापन मिलाउन नसक्दा अब आफैंलाई उनीहरुको अस्तव्यस्त बसाइ हेरेर अपराधबोध हुने गरेको महासेठ बताउँछन् । धनुषा जिल्लामा कारागार नहुँदा यहाँ कैदी थुनुवाको चाप बढेको छ । कूल संख्यामध्ये ६५ प्रतिशतभन्दा बढी धनुषाकै न्यायिक निकायले पठाएका कैदी/थुनुवाले कारागार खचाखच भरिएको महासेठको भनाइ छ । खासमा न्यायिक निकायले मुद्दाको छिनोफानो (फैसला) चाँडै  नगर्दा पनि चाप बढेको कारागार प्रशासनको ठम्याइ छ । कारागारमा अहिले कैदी (फैसला भएर सजाय भुक्तान गरिरहेका) ३० प्रतिशतभन्दा पनि कम  रहेका छन् ।

यता थुनुवा (मुद्दा किनारा नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरिएका) ७० प्रतिशतभन्दा बढी रहेका महासेठको भनाइ छ । कुनै पनि मुद्दा दुई वर्षभित्र किनारा लागिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि कारागारमा पाँच वर्षभन्दा बढी समयदेखि थुनुवामा रहेका पनि छन् । कारागारमा बर्सेनि बाढीको समस्या खेपिँदै आइए पनि यसको सुधार र मर्मत–सम्भारमा सरकारले ध्यान नदिएको लामो समयदेखि कारागारमा बस्दै आएका कैदीबन्दी बताउँछन् ।

कारागार यातनागृह नभई सुधारगृह भएको हुँदा कैदीबन्दीले मानवोचित सुविधा पाउनैपर्ने मानवअधिकारवादी संघसंगठनका प्रतिनिधिले कारागार प्रशासन तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x