रुससँग छन संसारमै सबभन्दा धेरै आणविक हतियार, जान्नुहोस केही रोचक तथ्य

संसारको सबभन्दा शक्तिशालीमध्येको एक देश रुसको पहिचान संसारमा बेग्लै किसिमको छ । 

क्षेत्रफलको हिसाबमा संसारको सबभन्दा ठूलो देश प्रविधिमा निकै अघि छ । यहाँ हामी रुसका केही रमाइला जानकारीहरू दिँदैछौं ।


Advertisement

रुस यति विशाल छ कि त्यहाँ कुल ११ टाइमजोन छन् । 

प्राकृतिक स्रोतसाधनहरूले भरिएको रुसमा तेलको पाइपलाइन यति धेरै फैलिएको छ कि त्यसले संसारलाई ६ चोटि बेर्न मिल्छ । 


Advertisement

संसारमा प्राकृतिक ग्यासको सबभन्दा ठूलो भण्डार रुसमा नै छ । रुस नै प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातक हो । 

संसारको कुल सुनको लगभग ४० प्रतिशत स्रोत रुससँग छ । कुल एलुमिनियमको ११ प्रतिशत त रुसको रसल कम्पनीले नै गर्छ । 

ट्रान्सफर्मर, टेप रेकर्डर, हेलीकप्टर, सिन्थेटिक रबर, वेल्डिङ, रेडिएटर, टेलिग्राफ अनि पाउडर मिल्क जस्ता ठूला आविष्कार रुसकै देन हुन् । 

संसारको सबभन्दा ठूलो बम जार बम्बा रुससँग छ । हिरोशिमा नागासाकीमा फालिएको परमाणु बमभन्दा १४ सय गुणा शक्तिशाली छ यो । 

रुससँग संसारमै सबभन्दा धेरै आणविक हतियार छ । त्यसको संख्या ८५ सय छ । संसारमा हतियार निर्यात गर्ने दोस्रो ठूलो देश रुस नै हो । 

रुसमा साक्षरता प्रतिशत लगभग ९९.७ प्रतिशत छ । 

रुसमा रक्सीको खपत धेरै हुन्छ । औसतमा एक रुसी व्यक्तिले लगभग १८ लिटर रक्सी सेवन गर्छ । 

रुसको क्षेत्रफल प्लेटो ग्रहभन्दा ठूलो छ । 

अन्तरिक्षमा उपग्रह पठाउने पहिलो देश रुस हो । 

रुसमा फोहोरी कार चलाउन कानूनी प्रतिबन्ध छ । 

रुसको बैकाल तालमा संसारको २० प्रतिशत शुद्ध पानी छ ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्