इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे पुन: नियुक्त

निजी क्षेत्रको अग्रणी बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्योति पाण्डे पुन: नियुक्त भएका छन् ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।


Advertisement

यस कार्यकालमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पाण्डेलाई सीईओमा निरन्तता दिने निर्णय भएको बैंकका एक सञ्चालकले लोकान्तरलाई जानकारी दिए ।

पाण्डेको कार्यकाल यही असार मसान्तमा सकिँदै थियो । 


Advertisement

नेपाल राष्ट्र बैंकबाट बैंकिङ करियर शुरू गरेका पाण्डेले पछि हिमालयन बैंकमा काम गरेका थिए ।

तत्कालीन इन्डोस्वेज बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार शुरू गरेपछि पाण्डेले इन्भेष्टमेन्ट बैंकमा काम शुरू गरेका थिए । 

पाण्डे ८ वर्षअघि बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्