×

NMB BANK
NIC ASIA

प्रतिष्ठित उद्यमी विनोद चौधरीद्वारा सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । 

Muktinath Bank

फोर्ब्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरूको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । 


Advertisment
Nabil box
Kumari

उद्योग व्यवसायमा मात्रै सीमित नभएर मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत अतुलनीय योगदान गर्दै आएका मनकारी व्यक्तित्व चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएका हुन् ।  

Vianet communication
Laxmi Bank

‘माननीयज्यू आफैं पनि सफल व्यवसायी हुनुभएकाले व्यवसायीका समस्याबारे उहाँलाई कसैले सिकाउनुपर्ने आवश्यकता थिएन,’ ‘लकडाउनकै समयमा यहाँ आइपुग्नुभएका उहाँले मलका व्यवसायीको मर्का बुझेर स्वतःस्फूर्त रूपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो ।’ 

उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बीएमसी)का सञ्चालक, सफल विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराए । 

चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका छन् । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए । 

‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो । यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसूस गरेका छौं । व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।’

मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताए । 

‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ । यसलाई देशभरका सपिङ मलहरू र धरधनीहरूले अनुशरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ ।’ 

बीएमसीका सञ्चालक अर्याल व्यवसाय जोगिए मात्रै सबै कुरा जोगिन्छ भन्ने कुरो सांसद चौधरीले बुझेकै कारण भाडा छुट दिन लगाएको बताउँछन् । 

‘उहाँ नेपालको मात्रै नभएर अन्तर्राष्ट्रियस्तरकै सफल मान्छे । उहाँले कोभिड– १९ र लकडाउनप्रभावित व्यवसाय जोगाउने उपायबारे संसद्मा पनि बारम्बार बोल्दै आउनुभएको छ,’ अर्याल भन्छन्, ‘अहिलेको अवस्थामा व्यवसाय बचाउन जे गर्नुपर्छ भनेर उहाँले सरकारलाई सुझाव दिनुभएको थियो त्यो आफैंले गरेर देखाउनुभयो ।’

मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरू सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरूले सहजीकरण गरेको केसीको भनाइ छ । 

सामाजिक दुरी, मास्क, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीको व्यवस्था लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्मरूपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिए । 

मल व्यवस्थापनले सामाजिक दुरीका लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरूलाई नियमित रूपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x