ओली–प्रचण्डबीच झण्डै ३ घण्टा छलफल

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार झण्डै ३ घण्टा छलफल भएको छ । 

ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा छलफल भएको हो । 


Advertisement

अध्यक्षद्वयबीच मंगलवार संक्षिप्त भेट भएपनि विषय केन्द्रित छलफल भएको थिएन । 

प्रधानमन्त्री ओली थकित मुद्रामा देखिएको प्रचण्ड बालुवाटार पुगेको केहीबेरमै बाहिरिएका थिए ।


Advertisement

ओली र प्रचण्डबीच एक हप्तापछि लामो छलफल भएको हो ।

उनीहरूबीच गत बुधवारपछि लामो छलफल भएको थिएन । 

असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठक बीचमै रोकेर ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ ।

दुई अध्यक्षबीचको छलफल सकारात्मक रहे पनि सहमति जुटिनसकेको नेकपाका नेताहरू बताउँछन् ।

स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गरिएपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको थियो ।

असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक साउन २ गतेका लागि बोलाइएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्