सरकारले बेरोजगार व्यक्तिलाई निवेदन दिन भनेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा एक महिनाभित्र सूचीकृत हुन आह्वान गरेको हो।
मन्त्रालयले त्यसका लागि सम्बन्धित स्थानीय तहको सम्बन्धित वडामा साउन ८ गतेदेखि भदौ ७ गतेसम्म निवेदन दिन भनेको छ।
आगामी आर्थिक आर्थिक वर्ष २०७७/७८ मा रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गरिने जनाइएको छ।
लोकान्तर संवाददाता