ढोरपाटन नगरपालिकाका इन्जिनीयर १ लाख घुससहित पक्राउ

प्रतिकात्मक तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनीयर मिलन अधिकारीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

इन्जिनीयर मिलन अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो ।


Advertisement

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै इन्जिनीयर अधिकारीले सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्टमा रहेको एक होटलबाट बुधवार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्