झण्डै २२ करोडको २ वटा प्रिन्टर निर्वाचन आयोगमा प्रयोग विहिन

फाइल तस्वीर

निर्वाचन आयोगले २ वर्षअघि २१ करोड ८३ लाख ४० हजार रुपैयाँमा किनेको २ वटा डिजिटल कलर प्रिन्टर प्रयोगविहीन भएको पाइएको छ ।

आयोगले २०७४ मंसिरमा किनेको २ वटा प्रिन्टर प्रयोग नगरिएको पाइएको हो । 


Advertisement

महालेखा परीक्षकको प्रतिवेदनका अनुसार प्रिन्टर प्रयोगमा नल्याएको सम्बन्धमा गत वर्षको प्रतिवेदनमा पनि महालेखाले प्रश्न गरेको थियो ।

 आयोगले २०७५-१२-१५ मा आगामी उप निर्वाचनमा मतपत्र लगायत अन्य छपाई कार्य गरिने जवाफ दिएको भएतापनि २०७६ उप निर्वाचनमा समेत प्रयोग भएको नदेखिएको महालेखाले जनाएको छ ।


Advertisement

उक्त मेसिन संचालनका लागि दक्ष जनशक्ति र मेसिनमा प्रयोग गरिने कागज आयोगमा नभएको जनाई निर्वाचन सम्बन्धी सामग्री जनक शिक्षा सामाग्रीसंग छपाई गरी रु.२ करोड ६७ लाख ९ हजार भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्