×

NMB BANK
NIC ASIA

संसद्का पदाधिकारीको निजी सचिवालयका कर्मचारीलाई दिइएको भत्तामा महालेखाको प्रश्न

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद्का पदाधिकारी (सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष एवं उपाध्यक्ष)को स्वकीय सचिवालयका कर्मचारीलाई दिइएको अतिरिक्त भत्तामा प्रश्न उठाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले संसद्का पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीलाई तलबको अतिरिक्त प्रोत्साहन भत्ता, महंगी भत्ता र खाजा र खानाको नाममा खर्च गरिएको २३ लाख ८७ हजार दिन नमिल्ने उल्लेख छ ।
यो विषयमा संघीय संसद्का कर्मचारीहरूले समेत असन्तुष्टि जनाएका थिए । ‘संसद्को बैठक र समितिका बैठक बस्नु परेकाले सचिवालयमा कार्यरत कर्मचारीलाई अतिरिक्त भत्ता दिइएको थियो, सोही आधारमा पदाधिकारीको घरमा काम गर्ने र खाना पकाउनेलाई समेत कर्मचारीसरह भत्ता दिइनु अन्यायपूर्ण भनेर हामीले आवाज उठाएका थियौं, महालेखाले प्रश्न उठाइदिएछ,’ सचिवालयका एक कर्मचारीले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ५ र २२ मा पदाधिकारी र अन्य सदस्यलाई दिइने सुविधाबारे उल्लेख छ । ऐनमा सभामुख र अध्यक्षले राप प्रथम श्रेणीको १, द्वितीय श्रेणीको १ तृतीय श्रेणीको १, कम्युटर अपरेटर १, सवारी चालक र कार्यालय सहयोगी २ जना तथा १२ जना सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘स्वीकय सचिवालयका कर्मचारीले शुरू स्केलअनुसारको तलब मात्र पाउने उल्लेख भएकोमा तलबका अतिरिक्त प्रोत्साहन भत्ता, महंगी भत्ता र खाजा/खाना खर्च २३ लाख ८७ हजार भुक्तान भएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सचिवालयले संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ६ अन्तर्गत गठित सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयानुसार उक्त रकम भुक्तानी दिएको बेहोरा जनाएतापनि ऐनमा उल्लेख भएभन्दा बढी सुरक्षा दिनेगरी निर्णय गर्न मिल्ने आधार देखिएन ।’

Vianet communication
Laxmi Bank

सचिवालयमा ३ सय ८३ जना कर्मचारी छन् । महालेखाले संसद् सचिवालयको नाममा १५ लाख ५५ हजार बेरुजु देखिएको जनाएको छ । सोमध्ये ५ लाख २० हजार कर्मचारीको पेश्की बाँकी रहेको महालेखाले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x