रुसले बनायो एस५०० हतियार, अमेरिकाको प्रतिष्ठा दाउमा

अमेरिका तथा नाटो मुलुकहरूसँग तनाव बढिरहेको स्थितिमा रुसले नयाँ हतियार तैनाथ गर्ने भएको छ । 

रुसको यो घातक हतियारले अन्तरिक्षबाट आएको हाइपरसोनिक क्षेप्यास्त्रलाई समेत अन्त्य गरिदिन्छ । 
 


Advertisement

एस५०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पुराना प्रणालीलाई विस्थापित गर्ने भएको हो । 

यो जमीनबाट आकाशमा मार हान्न सक्ने मिसाइल डिफेन्स सिस्टम हो । यसले हाइपरसोनिक मिसाइलदेखि लिएर ड्रोन विमानसम्मलाई एकैछिनमा सिध्याइदिन्छ । 


Advertisement

यसको रेन्ज ४०० देखि ६०० किलोमिटर छ । 

यसका मुख्य इन्जिनीयर पावेल सोजिनोभले एस५०० पृथ्वीभन्दा सयौं किलोमिटर माथिका लक्ष्यलाई पनि भेद गर्न समर्थ रहेको बताए । 

यसले १६ हजार माइल प्रतिघन्टाको गतिमा अर्थात् ध्वनिको गतिभन्दा पनि तीव्र रूपमा घातक क्षेप्यास्त्रहरूलाई लक्ष्यतर्फ पठाउँछ । 

रुसको एयरोस्पेस फोर्सेसका कमान्डर सर्गेई सुरोविकिनले यो पहिलो पुस्ताको स्पेस डिफेन्स नेटवर्क भएको बताए । यस्तो हतियार संसारभरि कतै पनि नभएको उनको भनाइ छ । 
 

एस५०० को मुख्य काम भनेको आफूनजिक आएका मध्यम दूरी र अन्तर्महादेशीय क्षेप्यास्त्रलाई ध्वस्त पार्नु हो । यसलाई सन् २०१९ मा सफल परीक्षण गरिएको थियो । सन् २०२१ सम्ममा यसलाई रुसी सेनागारमा राखिने बताइएको छ । 

रोमन देवता प्रोमिथियसको नाममा यसलाई एस५०० प्रोमिथियस भनिने गरेको छ । 

रुसी सञ्चारमाध्यमका अनुसार, अमेरिकाको अत्याधुनिक एफ३५ लाई पनि यसले खसाइदिन सक्छ । अमेरिकाको प्रतिष्ठालाई यो ठूलो झट्का भएको मुख्य इन्जिनीयर पावेल सोजिनोभको भनाइ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्