माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
साउन १, २०७७
टर्कीको सांस्कृतिक शहर इस्तानबुलमा रहेको हाया सोफिया संग्रहालयलाई मस्जिद बनाइएपछि त्यस कदमको भूराजनीतिक तथा सांस्कृतिक महत्त्व चर्चाको विषय बन्न पुगेको छ ।
हाया सोफिया सन् ५३७ मा तत्कालीन रोमन सम्राट जस्टिनियन प्रथमको पालामा बनेको क्रिस्चियन चर्च हो । तत्कालीन बैजान्टाइन स्थापत्यकलाको सबभन्दा उम्दा नमूनाका रूपमा यस चर्चलाई लिइन्छ ।
पछि सन् १४५३ मा ओट्टोमान मुसलमानहरूले टर्कीमाथि विजय प्राप्त गरेर साम्राज्य चलाउन थालेपछि हाया सोफियालाई मस्जिदमा परिणत गरे ।
लामो समय मस्जिदकै रूपमा रहेको हाया सोफियालाई सन् १९३४ मा आधुनिक टर्कीका संस्थापक तथा धर्मनिरपेक्षताका कट्टर समर्थक मुस्तफा कमाल अतातुर्कले संग्रहालय बनाउने आदेश दिएका थिए ।
गत शुक्रवार टर्कीका राष्ट्रपति रेचेप तैय्यिप अर्दोआनले हाया सोफियालाई मुसलमानहरूको प्रार्थनास्थल बनाउनका लागि आदेश जारी गरेका छन् । टर्कीको प्रशासनिक अदालतले अतातुर्कको आदेशलाई खारेज गर्ने निर्णय लिएलगत्तै अर्दोआनले हाया सोफियालाई मस्जिद बनाएका हुन् ।
एउटै संरचना चर्च, मस्जिद, संग्रहालय र अहिले फेरि मस्जिद बन्नुमा ओट्टोमान तथा अर्थोडक्स क्रिस्चियन सभ्यताबीचको संघर्षको कथा जोडिएको छ ।
त्यसो त अर्दोआनको उदय नै कट्टर इस्लामिकहरूको सहायतामा भएको हो । त्यसैले उनले अतातुर्कका धर्मनिरपेक्षतावादी सबै धरोहरलाई क्रमशः सिध्याउँदै गएर इस्लामलाई प्रवर्द्धन गर्दै लगेका छन् ।
सन १९२२ मा तत्कालीन ओट्टोमान साम्राज्यको पतनपछि अतातुर्कले टर्कीलाई धर्मनिरपेक्ष बनाएका थिए । पश्चिमको जस्तै विकास गरेर टर्कीलाई बलियो बनाउने उद्देश्यले पश्चिमीकरणको अभियानलाई उनले तीव्र बनाउँदै मुसलमान धर्मलाई सार्वजनिक रूपमा अभ्यास गर्न दिएनन् ।
पछि सन् १९६० मा भएको सैनिक कू र त्यसपछि बनेका कमजोर गठबन्धन सरकार अनि आर्थिक मन्दीका कारण टर्कीमा चरम अस्थिरता आयो । जनताहरू व्यापक रूपमा निराश हुँदै गए । त्यहीबीचमा टर्कीसँग सिमाना जोडिएको पश्चिम एसियाका विभिन्न मुलुकमा पश्चिमी हस्तक्षेपका कारण अस्थिरता बढ्दै गएर टर्की पनि असहज स्थितिमा पुग्यो ।
अस्थिरताकै क्रममा सन् २००२ मा अर्दोआनको एकेपी पार्टीले सत्ता हात पार्यो । त्यसपछि एकेपी लगातार सत्तामा छ र देशको आर्थिक वृद्धिदर पनि क्रमशः बढ्दै गयो ।
यसबीचमा धर्मगुरु तथा धार्मिक आस्था भएका व्यक्तिहरू बलिया हुँदै गए । सोभियत संघको बेलामा दबाइएको अर्थोडक्स क्रिस्चियानिटीलाई जसरी रुसमा भ्लादिमिर पुटिनले प्रोत्साहन गर्दै आफूलाई बलियो राखिरहे, अर्दोआनले पनि धार्मिक आस्थावानहरूलाई प्रोत्साहन गर्दै आफू बलियो हुँदै जाने रणनीतिक अपनाए ।
अतातुर्कको धर्मनिरपेक्षतालाई अर्दोआन र उनको दलले विदेशी हस्तक्षेपको परिणाम मान्ने गरेको छ । त्यसलाई जरैदेखि उखेल्नका लागि अर्दोआन र उनका समर्थकहरू लागिपरेका छन् ।
धर्मनिरपेक्षताको बलियो प्रतीकका रूपमा रहेको हाया सोफियाको संग्रहालय हैसियतलाई परिवर्तन गरेपछि विदेशीले लादेको धर्मनिरपेक्षतालाई अन्त्य गरेको र विदेशीको प्रभुत्वमा बस्नुपर्दाको टर्कीको बेइज्जतीलाई अन्त्य गरेको धारणा अर्दोआनको छ ।
सन् २००३ देखि अहिलेसम्म आउँदा अर्दोआनले आफ्नो सत्ता चलाउनका लागि आइलाग्न सक्ने सबै बाधा अवरोधलाई पन्छाउँदै गएका छन् । देशको राजनीति नै उनी आफ्नो पक्षमा पार्न सफल भएका छन् ।
तीन वर्षअघि भएको जनमतसंग्रहमा ५२.७ प्रतिशत मत ल्याएर शक्तिशाली कार्यकारी राष्ट्रपति बनेका अर्दोआनले इस्लामी शक्ति चरममा पुर्याउने कोशिश गरिरहेका छन् । त्यसलाई देशमा मात्र सीमित नराखिकन उनी क्षेत्रीय रूपमा पनि शक्तिप्रदर्शन गर्न खोजिरहेका छन् ।
हाया सोफिया मस्जिदमा पहिलो प्रार्थना अर्को हप्ताको शुक्रवार गरिने भएको छ । त्यो दिन जुलाई २४ परेको छ । सन् १९२३ मा त्यसै दिन स्विट्जरल्यान्डको लज्यानमा अलाइड शक्तिहरू र टर्कीबीच एक सम्झौता भएको थियो जसबाट नै आधुनिक टर्कीको सीमा निर्धारण गरिएको थियो ।
पहिलो प्रार्थनाका लागि त्यो दिन छानेर अर्दोआनले पश्चिमी विश्वले टर्कीको सार्वभौमसत्तामाथि गरेको नियन्त्रणबाट देशलाई मुक्त गरेको सन्देश दिन खोजेका छन् ।
अनि अर्दोआनले टर्कीलाई ओट्टोमान साम्राज्यकै समयको जस्तो गौरव पुनः दिलाउन खोजिरहेका छन् । चीनका राष्ट्रपति सी चिनफिङले चिङ साम्राज्यको पालाको गौरवशाली विगतको कल्पना गरेजस्तो, पुटिनले सोभियत संघकालीन विशाल रुसको सम्झना गरे जस्तो, नरेन्द्र मोदी तथा आरएसएसले अखण्ड भारतको सपना बुनेजस्तो सुनौलो अतीतलाई फर्काउने चाहना अर्दोआनमा पनि रहेको देखिन्छ ।
हुन पनि हाया सोफियालाई मस्जिद बनाएपछि अर्दोआनले टेलिभिजनमा सम्बोधन गर्दै बलियो तथा महान् टर्की बनाउनका लागि सही मार्गमा हिँड्ने घोषणा गरेका छन् ।
हाया सोफियालाई संग्रहालयकै रूपमा राखिरहँदा पश्चिमी शक्तिहरूको सदिच्छा टर्कीप्रति रहिरहन्छ भन्ने संकथनलाई अर्दोआनले भत्काउने कोशिश गरेको देखिन्छ । त्यसलाई संग्रहालय नै बनाइरहनुभन्दा मस्जिद बनाउँदा आफूलाई फाइदा हुने आकलन अर्दोआनले गरेको हुनुपर्छ ।
आखिर उनी संसारभरि मुसलमानहरूको हितमा काम गरेको देखाउन खोजिरहेकै छन् । त्यसैले उनी जम्मु कश्मीरमा मुसलमानहरूमाथि अत्याचार भइरहेको भनी प्रश्न उठाउँछन्, इजिप्टमा मुस्लिम ब्रदरहूड संगठनलाई सहायता गर्छन् अनि अजिज महमुद हुदायी फाउन्डेसनमार्फत अफ्रिकामा इस्लामिक नेतृत्व फैलाउने कोशिश गरिरहेका छन् ।
अनि देशमा अहिले अर्थतन्त्र सुस्त भइरहेको र मौद्रिक संकटको स्थिति आइरहेको सन्दर्भमा गौरवशाली सभ्यताको महिमागानमार्फत धार्मिक राष्ट्रवादलाई उचालेर अर्दोआनले जनताको आक्रोशको दिशापरिवर्तनको कोशिश गरेका पनि हुनसक्छन् ।
त्यही प्राचीन सभ्यतागत साम्राज्यको सम्झना गर्दै टर्की अहिले साम्राज्य विस्तारका लागि के गर्न सकिन्छ भनी सोचविचार गरिरहेको छ । पिटर जेहानको पुस्तक 'डिसयुनाइटेड नेसन्स'का अनुसार, अमेरिका विश्वका विभिन्न स्थानमा रणनीतिक प्रतिबद्धताहरूबाट पछि हटिरहेको सन्दर्भमा टर्कीले क्षेत्रीय राजनीतिमाथिको पकडलाई थप सशक्त बनाउने कोशिश गरिरहेको देखिन्छ ।
अहिले युरोप वस्तुतः छिन्नभिन्न अवस्थामा छ, पश्चिम एसियामा अव्यवस्थाको स्थिति छ अनि रुस पनि प्रभाव विस्तारको कामना गरिरहेको छ । अर्थात् टर्कीका छिमेकीहरू सबैमा एक किसिमको हलचल छ र यस अवस्थामा आफ्नो शक्तिप्रदर्शन गर्न टर्की लालायित देखिन्छ । रुससँग झण्डै युद्धको स्थितिमा पुग्ने गरी सिरिया र लिबियामा उसले चालेका कदमलाई यसै सन्दर्भमा हेर्नुपर्ने हुन्छ ।
त्यसो त हाया सोफियाको मस्जिदीकरणसँगै अर्दोआनले इजरायलको जेरुसेलममा रहेको अक्सा मस्जिदलाई पनि इजरायलको कब्जाबाट मुक्त गर्ने उद्घोष गरेका छन् । त्यो कत्तिको सम्भव छ कुन्नि तर इजरायलले उक्त मस्जिदलाई आफूअनुकूल परिवर्तन गर्ने कदमलाई जायज ठहर्याउन हाया सोफियाको उदाहरण दिन सक्ने भएको छ ।
अनि भारतमा बाबरी मस्जिद विध्वंस गरेको २८ वर्षपछि राम मन्दिर बनाउने बाटो खुलेकोमा हाया सोफिया प्रकरणले भारतलाई पनि आफ्नो कदम सही ठहर्याउन बल पुगेको छ । भारतको सर्वोच्च अदालतले नै यसमा अन्तिम फैसला दिइसकेको अवस्थामा अन्तर्राष्ट्रिय रूपमा समेत भारतले आफ्नो कदमलाई जायज ठहर्याउने अवसर प्राप्त गरेको छ । यस्तो अवस्थामा यस विषयलाई गिजोल्ने हिसाबमा नेपालले सक्कली र नक्कली अयोध्याको विषय उठाउँदा त्यसको दीर्घकालीन असर पर्ने देखिन्छ ।
विश्व अहिले शीतयुद्धको दोस्रो चरणमा प्रवेश गरेको बताइँदा पहिलो र दोस्रो शीतयुद्धको बीचमा ३० वर्षसम्म चलेको सभ्यताको द्वन्द्व अवसान भएको छैन भन्ने संकेत पनि हाया सोफिया प्रकरणले दिएको छ । सोभियत रुसको कम्युनिस्ट विचारधारासँग अमेरिकी नेतृत्वको पूँजीवादी खेमाको संघर्ष अहिले चिनियाँ कम्युनिस्ट विचारधारासँगको संघर्षतर्फ मोडिएको छ ।
त्यसो त रुसीहरूसँग फरक विचारधारा भए पनि ककेसियन जाति समानताको अनुभव गर्ने अमेरिकाले अहिले चिनियाँसँग फरक विचारधारा मात्र नभई भिन्न जातीय तथा सांस्कृतिक पहिचानकै आधारमा संघर्ष गरेको देखिएको छ ।
चीनले पेटी सडक पहलमार्फत सभ्यताको सम्मिलनमा जोड दिइरहेको अवस्थामा हाया सोफिया प्रकरणले सभ्यताको द्वन्द्वमार्फत पहिचानको राजनीतिलाई चर्काएर विभाजनमा खेल्ने अमेरिकी रणनीतिलाई बल दिएको जस्तो देखिएको छ । यी दुईको टकरावको परिणाम कस्तो देखिने हो भनी भविष्यले नै बताउनेछ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...