ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्ध बिग्रियो– नेता कोइराला

फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्ध बिग्रँदै गएको बताएका छन् ।

बिहीवार विराटनगरमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने, 'बोल्दा-बोल्दा केहीदिन पहिले अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनुभयो, तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन ।'


Advertisement

उनले प्रधानमन्त्रीलाई आजभोलि के–के बोल्नुहुन्छ, के हुँदैन भन्ने कुरा थाहा हुन छाडेको भन्दै जिम्मेवार व्यक्तिले बोल्दा विचार गर्नुपर्ने, आधारहीन र तथ्यहीन कुरा गर्न नहुने बताए ।

'प्रधानमन्त्रीले जति सक्यो कम बोल्ने हो, जे मन लाग्छ बोल्दै हिँड्ने होइन,' कोइरालाले भने ।


Advertisement

ओलीको पछिल्लो अभिव्यक्तिले भारतीय र नेपाली जनताबीचको आपसी सम्बन्ध बिगार्ने काम गरेको कोइरालाले बताए ।

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू र प्रदेश सभा सदस्य केदार कार्कीले सरकार काममा भन्दा भ्रष्टाचारमा लागेको बताए ।

कार्यक्रममा तत्कालीन एमालेको जिफन्टमा आबद्ध १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्