×

NMB BANK
NIC ASIA

खेतीपातीका बेला युरिया मलको चरम अभाव

साउन १, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

विगत १ महिनादेखि कञ्चनपुरमा युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन् । 

Muktinath Bank

धानरोपेकोे २१ दिन भित्रमा युरिया मल हाल्नुपर्ने भए पनि यहाँका किसानले मल नपाउँदा समस्या भइरहेको गुनासो गरेका छन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँको दक्षिण क्षेत्रको सीमानाकाबाट लुकीछिपी मल आइरहेको सुनिन्छ,’ शुक्लाफाँटा नगरपालिकाका दीना रानाले भने, ‘१ हजारमा पाउने मल १ हजार ७०० रुपैयाँमा पनि पाउन मुश्किल छ ।’


Advertisment
Nabil box
Kumari

महाकाली नगरपालिकाको सीमानाका हुँदै महाकाली नदीको झोलुङ्गे पुलबाट मल आइरहेको भए पनि बिक्रीवितरणका विषयलाई लिएर विवादसमेत उत्पन्न भएको थियो । स्थानीयबीच विवाद भएयता सो नाकाबाट पनि मल आउन छाडेको स्थानीयको भनाइ छ ।

Vianet communication
Laxmi Bank

कृषि ज्ञान केन्द्रले पनि कैलाली र कञ्चनपुरमा युरिया मल अभाव हुँदा उत्पादनमै कमी आउसक्ने बताएको छ ।  केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले मल नपाउँदा किसानले दुखेको पोख्ने गरेको बताए ।

उनका अनुसार कैलालीमा ७० हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । ‘मल अभाव नौलो विषय होइन,’ उनले भने, ‘अनौपचारिक नाकाबाट पनि यहाँ ३० प्रतिशत मल आयात हुन्थ्यो तर पनि बन्दाबन्दीले आउन छाडे पनि चरम अभाव देखिएको हो ।’

उनले युरिया मल धान लगाएको २१ दिन र त्यसपछि पुनः २१ गरी २ पटक हाल्नुपर्ने बताउँछन् । ‘मल नपाउँदा नै उत्पादनलाई असर गर्ने देखिन्छ,’ उनले भने, ‘मल अभाव मुलुकभरकै समस्या हो ।’ 

त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले युरिया मल सकिएको महिना दिन भइसकेको जनाएको छ । ‘करीब ४३ टन डीएपी र ४६ टन पोटास मल मात्रै हामीसँग मौज्दात छ,’ लिमिटेड प्रमुख बलबहादुर शाहले भने, ‘मलका लागि बिहानदेखि साझँसम्म किसान यहाँ धाइरहन्छन् ।’

बन्दाबन्दीका बेला आपूर्तिमा सहज नहुँदा यहाँका केही सहकारीलाई भैरवाबाट मल ल्याउन दिइएको छ । ‘हामीले गत आर्थिक वर्षमा सहकारीबाट समेत गरेर २ हजार ७३६ मेट्रिकटन मल बिक्री वितरण गर्‍यौं,’ उनले भने, ‘मलको समस्या अहिले राष्ट्रिय समस्याकै रुपमा देखिएको छ ।’ गत आवमा लिमिटेडले १ हजार ९०१.७ मेट्रिक टन युरिया, १ हजार ७०० मेट्रिक टन डीएपी र ९५.२ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x