×

NMB BANK
NIC ASIA

छात्रामा सिकाइ उपलब्धि बढी

साउन १, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका भित्रका विद्यालयमा गरिएको अध्ययनले छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ ।

Muktinath Bank

नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षा शाखा प्रमुख उपसचिव बालकृष्ण चापागाईंका अनुसार नगरभित्रका कक्षा ५ मा अध्ययन गर्ने ११ सामुदायिक र सात संस्थागत विद्यालयका ५१६ छात्रछात्रालाई नमूना सर्वेक्षणका लागि लिइएको थियो ।


Advertisment
Nabil box
Kumari

नगरका ३० सामुदायिक र १६ संस्थागत विद्यालयमा १ हजार ५३४ विद्यार्थी छन् । गणित र विज्ञान विषयको सिकाइ उपलब्धिका बारेमा सर्वेक्षणमा सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा राम्रो देखिएको चापागाईले बताए ।

Vianet communication
Laxmi Bank

अध्ययनका क्रममा गणितमा ३९.७ प्रतिशत र विज्ञान विषयमा ४५.१७ प्रतिशत सिकाइ उपलब्धि हासिल भएको चापागाईले बताए । प्राप्त सिकाइ उपलब्धिमा सामुदायिकतर्फ गणित विषयमा ३५.७ प्रतिशत तथा संस्थागततर्फ ४३.२ प्रतिशत पाइएको छ ।

विज्ञान विषयमा सामुदायिकतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ३४.८ प्रतिशत रहँदा संस्थागततर्फ ५४.४५ प्रतिशत सिकाइ उपलब्धी हासिल भएको शाखा प्रमुख उपसचिव चापागाईले बताए ।

गैंडाकोट नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा भएको सार्वजनिक शिक्षा सवलीकरण कार्यशालामा वडाध्यक्ष सामुदायिक विद्यालयको नजिता सुधारका लागि लाग्नुपर्नेमा जोड दिइएको छ । नगर प्रमुख छत्रराज पौडेलले वडाध्यक्षलाई नै सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी शिक्षा विधेयक पास भएको भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा काम गर्न आग्रह गरे ।

छलफलका क्रममा गैंडाकोट–५ का वडाध्यक्ष नवराज कँडेलले वडाका सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि विद्यालयमा राम्रो विद्यार्थी उत्तीर्ण हुने विषय शिक्षकलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने बताए । पछिल्लो समय लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा नै प्रभाव परेकाले यसतर्फ अभिभावकले ध्यान दिनुपर्ने पूर्व जिल्ला शिक्षा अधिकारी खड्ग कमालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x