थप १६७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १७ हजार ३४४ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।


Advertisement

कुन जिल्लामा कति थपिए ?

धनुषा    २७
नवलपुर    १७
ओखलढुंगा    १५
कैलाली    १४
कञ्चनपुर    १४
रौतहट    १२
बाँके    ८
डडेल्धुरा    ८
दैलेख    ६
इलाम    ६
झापा    ४
अछाम    ४
सुनसरी     ४
मकवानपुर    ३
मोरङ    ३
सल्यान    २
जाजरकोट    २
सुर्खेत    २
पर्सा    २
बाग्लुङ    २
बारा    १
काठमाडौं    १
स्याङ्जा    १
रुपन्देही    १
प्युठान    १
बर्दिया    १
दाङ    १
रुकुम पश्चिम    १
सुर्खेत    १
मुगु    १
बझाङ    १
उदयपुर    १


Advertisement

संक्रमितमध्ये ११ हजार २ सय ४९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

कुल संक्रमितको​ ६४.८५ प्रतिशत संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

मृतकको संख्या भने ३९ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्