राखेपको सदस्य सचिवमा अच्युतम लामिछानेको उम्मेदवारी, को हुन् उनी ?

राष्ट्रिय खेलकुद परिषदको भावी सदस्यसचिवको लागि अच्युतम लामिछानेले उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ नयाँ ऐनको रुपमा आएपछि सदस्य सचिवको लागि आवेदन दिएर खुल्ला प्रतिस्पर्धाबाट हुने भएपछि खेलकुद मन्त्रालयले आजसम्म आइपुग्ने गरी आवेदन माग गरेको थियो ।


Advertisement

सोको लागि स्पोर्टस् साइन्समा दक्षिण कोरियाको योङइन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका लामिछानेले भावी युवा तथा खेलकुद मन्त्रालयमा सदस्यसचिव पदका लागि निवेदन दर्ता गराएको जानकारी दिएका छन् ।

‘खेलकुद कै विषयमा विद्यावारिधि गरेकाले मैले पनि भावी सदस्य सचिवको लागि आवेदन दिएको हुँ,’ लामिछानेले लोकान्तरसँग भने । 


Advertisement

लामिछानेले केहि समय अगाडि खेलकुद परिषद मै स्पोर्ट्स साइन्सको विषयमा खेलाडी र प्रशिक्षकलाई तालिम समेत दिएका थिए ।

खेलकुद विषयमा विद्यावारिधि गरेको व्यक्ति भने लामिछाने मात्रै छन् । लामिछाने स्पोर्टस् साइन्समा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् ।

निवर्तमान सदस्य सचिव रमेश कुमार सिलवाल सहित अन्य १२ जनाले सदस्य सचिवको लागि आवेदन दिएका छन् ।

रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, मिना श्रेष्ठ, शिवराज भट्ट, लिल बहादुर थापा, रविराज कणिकार, अच्युतम लामिछाने, निलम बज्राचार्य , रमेश कुमार सिलवाल, मेघराज पौडेल र अन्जु श्रेष्ठ छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिवको लागि खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खेलकुद परिषदको सदस्यसचिव चयन गर्दैछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्