×

NMB BANK
NIC ASIA

सूर्य नेपाल प्रालिद्वारा कोरोनाविरुद्ध लड्न ७ करोड सहयोग

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्‍याउन नेपालका सातवटै प्रदेशलाई रु. १ करोडको दरले कूल रु.७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

Muktinath Bank

कम्पनीले जनाएअनुसार सूर्य नेपाल प्रा.लि. का भाइस प्रेसिडेण्ट कर्पोरेट, रवि केसीले रु.१ करोडका दरले प्रदेश ५ का सम्माननीय मुख्यमन्त्री शंकर पोखरेल तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक समारोहबीच चेक हस्तान्तरण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै गरी सूर्य नेपाल प्रा.लि का तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका सम्माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रु १ करोडको चेक हस्तान्तरण गरे । साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका सम्माननीय मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, जनकपुर, वागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष, हेटौंडा, कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल, कर्णाली प्रदेश प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेश कोरोनाभाइरस(कोभिड–१९) नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु.१ करोड सहयोगबापत प्रदान गरिनेछ ।

Vianet communication
Laxmi Bank

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैव तत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमा सहयोग प्रदान गरेको थियो । आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x