भैरहवा भन्सारमा घट्यो राजस्व असुली

कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोकथामका लागि सरकारले चैत ११ देखि लगाएको लकडाउनले देशको दोस्रो ठुलो नाका भैरहवा भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको हो ।

कोरोना भाइरसलाई फैलिन नदिनका लागि नेपाल र भारत दुवै देशमा लकडाउन भएपछि भारत तथा तेस्रो मुलुकबाट पहिलेको तुलनामा कम मालवस्तु आएका कारण राजस्व कम भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए । सरकारले गरेको लकडाउनका कारण मालवस्तुको आयात–निर्यातमा नेपाल वा भारत सरकारले कुनै अवरोध वा रोक नलगाए पनि मालवस्तुको आयातमा कमी आएको उनले बताए ।


Advertisement

भन्सार विभागले भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७६–०७७ मा १ खर्व ६ अर्ब ८९ लाख रुपैयां राजस्व संकलनको लक्ष्य दिएको थियो । तर, आर्थिक वर्ष २०७६/०७७ मा भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ३५ अर्ब ७१ करोड कम राजस्व संकलन गर्न सकेको छ । भंसारले ६६.३१ प्रतिशत राजश्व असुली गरेको जानकारी सूचना अधिकारी लम्सालले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा भन्सारले दैनिक औषतमा १९ करोष राजस्व असुली गरेको छ । यस्तै भन्सारले लकडाउनको अवधिमा चैत ११ यता ९ अर्ब ३५ करोड ४४ लाख मात्र राजस्व संकलन गर्न सकेको छ । लकडाउनको अवधिमा १ सय १२ दिनमा भन्सारले उक्त राजस्व संकलन गरेको हो । लकडाउनमा भन्सारले दैनिक औषत ८ करोष २१ लाख राजस्व संकलन गरेको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्