पशुपतिका भट्ट ‘हटाउने’ हल्ला चलेपछि कोषले निकाल्यो विज्ञप्ति

पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले बिहीबार विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कोषले कुनै सोच नबनाएको उल्लेख गरेका हुन्।


Advertisement

नेपाल भारतबीच सदियौंदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धूमिल पार्न लागिपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ। यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको सदस्य सचिव ढकालले बताए। 


Advertisement

कमेन्ट गर्नुहोस्