×

NMB BANK
NIC ASIA

बाढी पहिरोले तनहुँ विद्युत् क्षेत्रमा एक करोडको क्षति

साउन १, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

गत आइतबार अविरल वर्षापछि आएको बाढी पहिरोले तनहुँको विद्युत् क्षेत्रमा करिब एक करोड मूल्य बराबरको क्षति भएको विद्युत् प्राधिकरण कार्यालय तनहुँले जनाएको छ। 

Sagarmatha Cement
Muktinath Bank

जिल्लाका विभिन्न क्षेत्रमा गएको पहिरोका कारण विद्युत्को पोल बगाउने र ढाल्ने गरेकाले ठूलो क्षति भएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी पहिरोका कारण तनहुँमा विद्युत् क्षेत्रमा रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको विद्युत् प्राधिकरण कार्यालय तनहुँका प्रमुख कपिलराज पाण्डेले बताए । 


Advertisment
Nabil box
Kumari

'विद्युत्का पोल बगाएका र ढालिएका कारण अधिकांश क्षेत्रका विद्युत् लाइन काटिएको छ,' उनले भने, 'विद्युत् खपत गराउन नसक्दा कार्यालयलाई नोक्सान भएको छ भने कयौँ उपभोक्ताहरु अन्धकारमय जीवन बिताउन बाध्य छन्।'

Vianet communication
Laxmi Bank

जिल्लाको थर्पु नोलाइटका ३०० र दमौली नोलाइटबाट वितरण गरिएका १०० गरी करिब चार सय घरधुरीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।

म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र व्यास नगरपालिका गरी करिब ७५ वटाभन्दा बढी विद्युत्का पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नु परेको थर्पु नोलाइटका इञ्चार्ज दीपक वाग्लेले जानकारी दिए।

विद्युत् अवरुद्ध हुँदा म्याग्दे गाउँपालिकाका धेरै बासिन्दा प्रभावित बनेको उनले बताए। 'पृथ्वीराजमार्ग क्षेत्रका दश वटा पोल ढलेका छन्,' उनले भने, 'म्याग्दे गाउँपालिका क्षेत्रमा मात्रै ११ केभी क्षमताको मुख्य लाइनको १४ र शाखा लाइनको १९ वटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो।' 

पहिरोका कारण ग्रामीण क्षेत्रका सडकमा समेत क्षति पुगेपछि विद्युत् पोल ढुवानी गर्न कठिनाइ भएको छ। उनले भने, 'प्राविधिक कठिनाइका कारण काम गर्न गाह्रो भएको हो।'

अधिकांश क्षेत्रमा पोल गाड्ने स्थानमै पहिरो गएको र पानी परिरहेका कारणले पनि विद्युत् मर्मतका कार्य गर्न नसकिएको उनले बताए। 

बाढी पहिरोका कारण म्याग्देको तुरतुरे क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै खेत सिँचाइका लागि प्रयोग गरिएको सात वटा मिटर बाढीले बगाइ दिएपछि त्यसक्षेत्रका बासिन्दाले पटक पटक फोन गरेर सताउन थालेको उनले जानकारी दिए।

त्यसैगरी दमौली एरिया क्षेत्रको ११ केभी क्षमताको मुख्य र शाखा लाइनका गरी ६० वटा पोल बाढीपहिरो ढाल्ने र बगाउने गर्नाले जिल्लाको ऋषिङ गाउँपालिका र व्यास नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ। 

पृथ्वीराजमार्ग क्षेत्र वरिपरि रहेका कतिपय क्षेत्रमा नै विद्युत् बल्न नसकेपछि समस्या भएको छ । व्यास नगरपालिका भित्रमा पोल गाड्नुपर्ने बाहेकका अन्य सानातिना काम गरी विद्युत् सुचारु गरिसकिएको दमौली एरिया इञ्चार्ज राजमोहन तिवारीले बताए।

ससाना समस्याले रोकिएका स्थानमा तत्कालै गएर विद्युत् सुचारु गरिएको छ। उनले भने, 'पोल गाड्ने र पोल ढुवानी गर्नुपर्ने क्षेत्रमा प्राविधिक समस्याका कारण विद्युत् सुचारु गर्न समय लाग्ने देखिएको छ।'

जिल्लाको ऋषिङ गाउँपालिकामा वितरण गरिएको विद्युत्को टान्समिटर बुल्दीखोलाले ढालेपछि ऋषिङ गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्।

तनहुँका मुख्यमुख्य क्षेत्रमा केही समय अघिमात्रै छुट्टै फिडर लाइन जडान गरिएकाले दुई/चार वटा पोल ढल्दैमा अन्धकारमा बस्नुपर्ने समस्याको अन्त्य भएको उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x