कैलाश खड्काले अन्ततः रोजगार बोर्डबाट राजीनामा दिए

सरकार यसअघिको निर्णयबाट पछि हट्दै वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्य कैलाश खड्कालाई पदबाट हटाउने तयारी गरिरहेका बेला खड्का आफैंले राजीनामा दिएका छन्।

दुई वर्ष पहिले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले श्रमिकको करोडौं ठगी गरेको भन्दै मुद्दा चलाएका खड्कालाई नै सरकारले बोर्ड सदस्य बनाएको थियो।


Advertisement

सरकारको यो कदमको पार्टीभित्र पनि आलोचना भएपछि यसअघिको निर्णय सच्याउन खड्कालाई हटाउने तयारी गरेको थियो।

तर, यो प्रतिकूल अवस्था बुझेका खड्काले बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव समक्ष राजीनामा दिएका हुन्।


Advertisement

यद्यपि, उनले व्यक्तिगत कारण देखाएका छन्।

असार १९ गते बसेको बोर्डको बैठकले खड्कालाई बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्